logo

युआइएएको व्यवस्थापन समितिमा एनएमएका महासचिव गुरुङ निर्वाचित 

नेपाली पर्वतीय पर्यटनलाई विश्व मञ्चमा थप उजागर गर्ने अवसर: गुरुङ

    1910   पटक पढिएको


१४ कात्तिक/अर्थ र व्यापार– नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव कुलबहादुर गुरुङ इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनियरिङ फेडेरेसन (युआइएए)को व्यवस्थापन समितिको सदस्यमा निर्वाचित भएका छन् ।

पर्वतारोहण र पर्वतीय समुदायको विकासमा काम गर्दै आएको पर्वतारोहण क्षेत्रका संस्थाहरुको अन्तर्राष्ट्रिय महासंघ (युआइएए)को शनिबार राति भएको भर्चुअल साधारणसभा मार्फत गुरुङ चार वर्षको लागी निर्वाचित भएका हुन् । 

युआइएएको व्यवस्थापन समितिमा निर्वाचित हुने गुरुङ दोस्रो नेपाली हुन् । यसअघि सन् २०१६ मा एनएमएका पूर्वअध्यक्ष जिम्बा जाङ्बु शेर्पा निर्वाचित भएका थिए ।

युआइएएको मानार्थ सदस्यको रूपमा आङछिरिङ शेर्पा र माउन्टेन प्रोटेक्सन कमिसनमा डा. गणेश गुरुङ सदस्य रहेका छन् ।

महासचिव गुरुङले युआइएएको व्यवस्थापन समितिको सदस्यमा निर्वाचित हुनु नेपाली पर्वतीय पर्यटनलाई विश्व मञ्चमा थप उजागर गर्ने अवसर प्राप्त भएको भन्दै नेपालको पर्यटनलाई थप महत्वपूर्ण स्थान दिलाउन आफूले भूमिका खेल्ने बताए । 

युआइएएले आरोही गाइड तथा सहयोगीहरूको सामाजिक सुरक्षा, पर्वतीय समुदायको विकास र उनीहरूको संस्कृतिको संरक्षण तथा जलवायु परिवर्तन लगायतका क्षेत्रमा भूमिका खेल्न सक्ने गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।