logo

एनएमए निर्वाचनमा धाँधली भएको भन्दै जिम्बा समुहद्वारा सिसिटिभि फुटेज सार्वजनिक 

हारे पछि ईस्यु बनाउन खोजियो : लामा

    2569   पटक पढिएको

२४ साउन/ अर्थ र व्यापार- गत साउन २१ गते सम्पन्न भएको नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षका उम्मेदवार मध्येका एक जिम्बा जाङबु शेर्पा समुहले एक पत्रकार सम्मेलन गरी सिसिटिभि फुटेज सार्वजनिक गरेको छ । गत शनिवार भएको निर्वाचनमा अध्यक्षमा जिम्बा जाङबु शेर्पा पराजित भएका थिए भने अध्यक्ष पदमा शन्तविर लामा निर्वाचित भएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै जिम्बा जाङबु शेर्पाले दुषित मनसाय वाट प्रेरित भई कुनै एउटा व्यक्ति वा समुह विशेषलाई जिताउने अभिप्रायवाट सम्पन्न भएको निर्वाचन गैह्रकानुनी भएको वताए । शेर्पाले सचिवका उम्मेदवार टिकाराम गुरुङ निर्वाचन धाँधली गर्न सक्रिय रहेको वताए । पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संघका अध्यक्ष दिपक महतले निर्वाचनमा पराजय भोगेपनि विजयी उम्मेदवारहरुलाई बधाई दएर फर्किएको वताउँदै सिसिटिभि फुटेज देखेपछि आँफुहरु चुप लागेर बस्न नसकेको वताए ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन व्यवसायि परिषद्का संस्थापक संयोजक सागर पाण्डेले यस्तो गलत प्रवृत्तिवाट नेतृत्वमा जाने प्रयास गरिनु निकै दुःखद भएको वताए ।“हाम्रा उम्मेदवारहरुले जित्नु र हार्नु संगको सवाल होईन, यो कस्तो ढंगले हामी नेतृत्व निर्माण गर्दैछौं भन्ने प्रमुख प्रश्न हो”–पाण्डेले भने । साथै निर्वाचनमा धाँधली गर्न एक हप्ता अगाडी देखि ग्राण्ड डिजाईन गरिएको पाण्डेले वताए ।

जिम्बा जाङबु समुहले निर्वाचनमा धाँधली भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा हिजो सोमबार नै उजुरी दईसकेको छ ।

के देखिन्छ सिसिटिभि फुटेजमा ?

पत्रकार सम्मेलनमा देखाईएको सिसिटिभि फुटेजमा नेपाल पर्वतारोहण संघका तत्कालिन कोषाध्यक्ष तथा निर्वाचनमा लामा समुहका सचिवका उम्मेदवार टिकाराम गुरुङ दिउँसो २ वजेर ४ मिनेट जाँदा नेपाल पर्वतारोहण संघमा प्रवेश गरेको देखिन्छ । सिसिटिभिमा गुरुङको अनुहार प्रष्ट देखिन्छ भने उनले उम्मेदवारको परिचयपत्र घाँटीमा झुण्ड्याएको पनि प्रष्ट देखिन्छ । सिसिटिभि फुटेजमा अर्को पटक पुन दिउँसो ३ वजे नै सचिवका उम्मेदवार गुरुङ पुनः नेपाल पर्वतारोहण संघको कार्यालयमा प्रवेश गरेको देखिन्छ । सिसिटिभिमा उनले कार्ड छान्दै गरेको र केहि कार्ड लिएर गएको प्रष्ट देखिनुका साथै काउण्टरमा बसेको व्यक्तिलाई पर्सवाट पैसा झिकेर दिएको प्रष्ट देखिन्छ ।

हारे पछि ईस्यु बनाउन खोजियो : लामा
यस विषयमा अर्थ र व्यापारले अध्यक्षमा निर्वाचित  शन्तविर लामालाई प्रश्न गर्दा उनले हारेको मान्छेले धेरैलाई दुःख दिने र हारेपछि ईस्यु मात्र बनाउन खोजिएको वताए । सिसिटिभि फुटेजमा त सचिव पदका उम्मेदवार गुरुङले निर्वाचनको दिनमा कार्ड लिएर गएको र पैसा दिएको त प्रष्ट देखिन्छ नि भन्ने अर्थ र व्यापारको प्रश्नमा लामाले सचिव पदका उम्मेदवार संघको तत्कालिन कोषाध्यक्ष पनि भएकोले कार्ड लिन गएको वताए । साथै यसको सम्पूर्ण जिम्मेवारी अध्यक्ष आङछिरिङ शेर्पाले लिनुपर्ने लामाको भनाई छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।