logo

नेपाल पर्वतारोहण संघको ४५ औं वार्षिकोत्सव सम्पन्न

    1792   पटक पढिएको

१५ कात्तिक / अर्थ र व्यापार- नेपाल पर्वतारोहण संघ (एनएमए) को ४५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विहिबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले वार्षिकोत्सवको उद्घाटन गर्दै एनएमएले पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे । सचिव देवकोटाले एनएमएको कार्यप्रति सरकार सकारात्मक रहेको भन्दै नयाँ नयाँ पीकहरुको प्रवद्र्धनको लागि प्रस्ताव लिएर आउन आह्वान समेत गरे ।

कार्यक्रममा एनएमएका अध्यक्ष सन्तबीर लामाले एनएमए स्थापनाको विभिन्न कालखण्डहरुको स्मरण गराउँदै संस्थाले मुलुकको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएको बताए । राज्यले अघि सारेको पर्यटन प्रवद्र्धन र विकासका योजना सफल पार्न एनएमएले पर्वतीय पर्यटन क्षेत्रमा खेलेको भूमिकाप्रति राज्य गम्भिर हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा एनएमएका महासचिव कुलबहादुर गुरुङले एनएमएको स्थापनापछिका संस्थागत गतिविधि तथा वर्तमान कार्यसमितिले अघि बढाइरहेको कार्यप्रगतिका विषयमा तथ्यांकिय विवरणसहितको प्रस्तुती दिएका थिए ।

नेपाल पर्वतारोहण संघले नेपाल सरकारसँगको सहकार्यमा हालसम्म सयौंलाई बेसिक माउन्टेनियरिङ, एडभान्स माउन्टेनियरिङ, माउन्टेन लिडरशिप, माउन्टेन गाइड तथा एस्पीरेन्ट गाइड लगायतका महत्वपूर्ण टे«निङ दिएर पर्वतीय पर्यटन क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।