logo

श्रावण १ देखि निभास बुटिक होम सञ्चालनमा आउने

    3856   पटक पढिएको

२२ असार / अर्थ र व्यापार- काठमाडौंको सोह्रखुट्टे नयाँवजारमा बुटिक स्वरुप र शैलीमा निर्मित निभास बुटिक होम आगामी श्रावण १ गतेदेखि सञ्चालनमा आउने भएको छ । युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले बुटिक होम निर्माण गरेका हुन । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का कार्यसमिति सदस्य समेत रहेका नेपालले विगत लामो समयदेखि नेपालमा चीनियाँ पर्यटकहरु भित्र्याउँदै आएका छन ।

होटलमा पुराना झ्याल ढोका र काठहरुको प्रयोग गरिएको छ । “पर्यटकलाई घरमै बसेजस्तो अनुभुति होस भन्ने ढंगले होटलको निर्माण गरिएको छ, त्यसका साथै होटलमा हरेक बिहान पुजाआँचा,बेलुका आरति गर्ने गरिन्छ”–सञ्चालक नेपालले भने । पर्यटकहरुलाई नेपाली कला,संस्कृति र जीवनशैली समेत देखाउने हिसावले होटल सञ्चालन गरिने नेपालले अर्थ र व्यापारलाई वताए ।

निभास बुटिक होममा फेमिलि रुम,स्विट रुम र डिलक्स रुम रहेका छन । त्यसका साथै रुफ टप रेष्टुरेण्ट र एक सय जना क्षमताको सेमिनार हल समेत रहेको छ । हरेक रुमहरु पाँचतारे होटलको सेवा सुविधासरह रहने गरी तयार गरिएको नेपालले वताए । होटलमा नेपालमै उत्पादित अर्गानिक खाद्य पदार्थहरुको मात्र प्रयोग गर्ने होटलको तयारी छ ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।