logo

फितुरमा नेपाल प्रवद्र्धन गर्दै नेपाली पर्यटन व्यवसायिहरु

    1880   पटक पढिएको

११ माघ / अर्थ र व्यापार- गत जनवरी २३ देखि स्पेनको मेड्रिडमा आयोजना भईरहेको ट्राभल फेयर फितुरमा नेपाली पर्यटन व्यवसायि र पर्यटन क्षेत्रका सेवा प्रदायकहरुले नेपाल प्रवद्र्धन गरिरहेका छन । 

नेपाल पर्यटन वोर्ड र नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को संयुक्त संयोजनमा यसपटक फितुरमा नेपालवाट १६ वटा नेपाली पर्यटन क्षेत्रका सेवा प्रदायकहरु सहभागि भएको नाट्टाका उपाध्यक्ष तथा फितुरकाको संयोजक संगिता जिरेल वादेले वताईन । 

स्पेनको फेरिया डि मेड्रिडमा भईरहेको फितुरमा यसपटक १६५ मुलुकका आठ सय छयासी कम्पनीहरु सहभागी छन । फितरु विश्वकै दोस्रो ठूलो ट्राभल फेयर मानिन्छ । 

फितुरको अवलोकनका लागी स्पेनस्थित कार्यवाहक नेपाली राजदुत हरिहर कान्तको पनि उपस्थिति रहेको थियो । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा यो फेयरले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउन थप मद्दत पुग्ने संयोजक जिरेलको अपेक्षा छ । शुक्रवार सम्म विटुवि सेसन चलेको फितुरमा शनिवारदेखि सवैका लागी खुल्ला गरिनेछ । फेयर आगामी जनवरी २७ सम्म चल्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।