logo

सरकारले नेपाल भ्रमण वर्ष २०२०मा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य पुरा गर्न आवश्यक स्रोत साधन जुटाउने

    1912   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार  - सरकारले सन् २०२० का लागि नेपाल भ्रमण घोषणा गरी प्रचार प्रसार अभियानलाई अगाडि बढाएको छ । भ्रमण वर्षका लागि १०० नयाँ गन्तव्य समेत निर्धारण गरेको छ । निर्धारित भएका गन्तव्यलाई प्रचार प्रसार र आवश्यक भौतिक संरचनाको निर्माणका लागि प्रत्येक गन्तव्यमा २५ लाख रुपैयाँका दरले खर्च गर्ने योजना अगाडि सारेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्त्वयको विस्तारका लागि रकम विनियोजन गरेको हो । हरेक गन्तव्यमा ५० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेको भएपनि पहिलो चरणमा २५ लाख रुपैयाँ खर्च गर्न लागिएको मन्त्रालयले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले दीर्घकालीन पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ नयाँ गन्तव्यको विकासका लागि रकम खर्च गर्न लागिएको बताए ।

उनले नेपाल भ्रमण सँगै आगामी दिनमा समेत निरन्तर पर्यटन प्रवद्र्धन गर्ने र भौतिक पूर्वाधारले क्रमशः मजबूत बनाउँदै लैजाने लक्ष्यका साथ बजेट विनियोजन गरिएको बताए । सरकारले चालु आवमा नयाँ गन्तव्य पहिचान तथा विकासका लागि भन्दै बजेटमा नै ५० करोड बजेट विनियोजन गरेको छ । यस्तै नेपाल टुरिजम बोर्ड तथा निजी क्षेत्रले समेत आवश्यक खर्च गर्ने तयारी गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि समेत प्रभावकारी तवरले काम गर्ने लक्ष्य राखिएको छ ।

आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्र हुन सक्छ र वैदेशिक मुद्रा भित्र्याउने प्रमुख आधार समेत पर्यटन नै हुन सक्ने लक्ष्यलाई केन्द्रमा राखेर काम अगाडि बढाइएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा उद्योगपति सुरज वैद्यलाई यसअघि नै नियुक्त गरिसकेको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य राखिएको छ । सोही लक्ष्यलाई पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्ने र त्यसको संयोजन पर्यटन बोर्डले गर्ने छ । सरकारले आवश्यक साधन र स्रोत उपलब्ध गराउनेछ ।

 
 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।