logo

आन्तरिक पर्यटन प्रवर्धनका लागीे ‘नेपाल साइकल यात्रा’

    2005   पटक पढिएको


१७ कात्तिक/अर्थ र व्यापार– पर्यटन व्यवसायीहरुको एक समुहले ‘नेपाल साइकल यात्रा’ गर्ने भएको छ ।

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा १५ जना सम्मिलित समुहले पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म १ हजार ६ सय २४ किलोमिटर साइकल यात्रा गर्न लागेका हो ।

साइकल यात्रा पश्चिम महेन्द्रनगरबाट सुरु भई ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, स्वर्गद्वारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्व काँकडभिट्टासम्म पुग्नेछ । 

नेपाल पर्यटन वोर्डले साईकल यात्रामार्फत आन्तरिक पर्यटनको प्रवर्धन गर्नमा महत्वपुर्ण सन्देश प्रवाह हुने जनाएको छ ।

काठमाडौंबाट महेन्द्रनगरतर्फ प्रस्थान हुने साइकल यात्रीहरुको समूहलाई वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले १७ कार्तिक (नाभेम्बर २) बिहान बोर्डको कार्यालय, भृकुटीमण्डपबाट बिदाई गर्ने कार्यक्रम रहेको छ ।

वोर्डको प्रवर्धन तथा ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट एसोसिएशन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा हुन लागेको कम्तीमा तीन साताको साइकल यात्रापश्चात समूह काठमाडौं फर्किने छ ।

कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जिवन प्रदान गर्ने उद्धेश्यसहित आन्तरिक पर्यटन प्रवर्धन गर्न र वोर्डको सन्देशलाई देशव्यापी रुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्धत पुग्ने विश्वास लिएको बोर्ड सदस्य दीपक महतले बताए ।

साइकल समूहमा विश्व साइकलयात्री शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पाण्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पाण्डे, सीएन पाण्डे, अशोक सिलवाललगायत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।