logo

नाट्टा सुदुरपश्चिम शाखाको अध्यक्षमा भट्ट निर्विरोध

    2007   पटक पढिएको

१८ चैत्र / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदुरपश्चिम प्रदेशको शनिवार सम्पन्न छैठौं वार्षिक साधारणसभाले पुनः मायाप्रकाश भट्टको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरि उपाध्यक्षमा केशव कुमार श्रेष्ठ,महासचिवमा पदमविक्रम सिंह,सचिवमा शिवहरी पाण्डे,कोषाध्यक्षमा धनन्जय जोशी चयन भएका छन । त्यस्तै सदस्यहरुमा मुनाल मल्ल,पुष्करराज भट्ट,डिल्लिप्रसाद जोशी र पदमबहादुर चन्द निर्विरोध निर्वाचित भए । 

साधारणसभामा बोल्दै अध्यक्ष भट्टले सुदुरपश्चिम प्रदेश पर्यटनका अत्यन्तै उर्वर भएपनि हालसम्म सुदुरपश्चिमको पर्यटन क्षेत्रले गति लिन नसकको वताए । कार्यक्रममा बोल्दै नाट्टाका केन्द्रिय अध्यक्ष सि.एन पाण्डले सुदुरपश्चिममा पूर्वाधार निर्माण र त्यहाँका पर्यटकिय गन्तव्यहरुको प्रचार–प्रसार र प्रवद्र्धन अहिलेको आवश्यकता भएको वताए । पाण्डले प्रदेश सरकारले निजि क्षेत्रलाई आकर्षित गर्न कर छुट वा अन्य त्यस्ता योजनाहरु ल्याउन आवश्यक रहेको वताए ।

कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका उद्योग,वन,पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले प्रदेश सरकार सुदुरपश्चिममा पर्यटन क्षेत्रको विकासका लागी प्रयत्नशील रहेको वताए । यो एक वर्षमा नितिगत तहमा काम गरेको वताउँदै उनले आगामी वर्षमा उल्लेख्य काम गर्ने वताए । कार्यक्रममा वक्ताहरुले सुदुरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रको विकासका लागी हवाई क्षेत्रको विकास,चीन र भारततिरका नाकाहरुलाई व्यवस्थित गर्नुपर्ने वताए ।

कार्यक्रममा स्थानिय निकायका प्रतिनिधिहरु तथा नाट्टा केन्द्रका प्रथम उपाध्यक्ष अच्युत गरागाईं,महासचिव रमेश थापा,सह–कोषाध्यक्ष सुरेन्द्र भट्टराई तथा सदस्यहरु हेमराज वाँस्तोला,श्रीराम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।  
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।