logo

नाट्टा सुदुरपश्चिम शाखाको अध्यक्षमा भट्ट निर्विरोध

    1721   पटक पढिएको

१८ चैत्र / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदुरपश्चिम प्रदेशको शनिवार सम्पन्न छैठौं वार्षिक साधारणसभाले पुनः मायाप्रकाश भट्टको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरि उपाध्यक्षमा केशव कुमार श्रेष्ठ,महासचिवमा पदमविक्रम सिंह,सचिवमा शिवहरी पाण्डे,कोषाध्यक्षमा धनन्जय जोशी चयन भएका छन । त्यस्तै सदस्यहरुमा मुनाल मल्ल,पुष्करराज भट्ट,डिल्लिप्रसाद जोशी र पदमबहादुर चन्द निर्विरोध निर्वाचित भए । 

साधारणसभामा बोल्दै अध्यक्ष भट्टले सुदुरपश्चिम प्रदेश पर्यटनका अत्यन्तै उर्वर भएपनि हालसम्म सुदुरपश्चिमको पर्यटन क्षेत्रले गति लिन नसकको वताए । कार्यक्रममा बोल्दै नाट्टाका केन्द्रिय अध्यक्ष सि.एन पाण्डले सुदुरपश्चिममा पूर्वाधार निर्माण र त्यहाँका पर्यटकिय गन्तव्यहरुको प्रचार–प्रसार र प्रवद्र्धन अहिलेको आवश्यकता भएको वताए । पाण्डले प्रदेश सरकारले निजि क्षेत्रलाई आकर्षित गर्न कर छुट वा अन्य त्यस्ता योजनाहरु ल्याउन आवश्यक रहेको वताए ।

कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका उद्योग,वन,पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले प्रदेश सरकार सुदुरपश्चिममा पर्यटन क्षेत्रको विकासका लागी प्रयत्नशील रहेको वताए । यो एक वर्षमा नितिगत तहमा काम गरेको वताउँदै उनले आगामी वर्षमा उल्लेख्य काम गर्ने वताए । कार्यक्रममा वक्ताहरुले सुदुरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रको विकासका लागी हवाई क्षेत्रको विकास,चीन र भारततिरका नाकाहरुलाई व्यवस्थित गर्नुपर्ने वताए ।

कार्यक्रममा स्थानिय निकायका प्रतिनिधिहरु तथा नाट्टा केन्द्रका प्रथम उपाध्यक्ष अच्युत गरागाईं,महासचिव रमेश थापा,सह–कोषाध्यक्ष सुरेन्द्र भट्टराई तथा सदस्यहरु हेमराज वाँस्तोला,श्रीराम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।  
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।