logo

नाट्टामा सि. एन.पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित

    3148   पटक पढिएको

२९ पुस / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१ औं वार्षिक साधारणसभा तथा निर्वाचनले सि.एन.पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पाण्डेले अध्यक्षका प्रतिद्धन्दी दीपेन्द्र कुमार घिमिरे (डि.के.शर्मा )लाई छ मतको अन्तरले निर्वाचन हराएका थिए । कुल ४२० मत खसेको निर्वाचनमा चेत नारायण पाण्डे (सि.एन.) ले २ सय १२ मत ल्याए भने शर्माले २ सय ६ मत मात्र प्राप्त गरे ।

त्यसैगरी प्रथम उपाध्यक्षमा २ सय ११ मतका साथ अच्युत गुरागाईं, द्धितीय उपाध्यक्षमा संगिता जिरेल बादेले २ सय ५,महासचिवमा रमेश थापाले २ सय ३३,सचिवमा सविता भट्टराई (के.सि)ले २ सय २२, कोषाध्यक्षमा राम प्रसाद श्रेष्ठले २ सय १३ र सह–कोषाध्यक्षमा २ सय ३१ मतका साथ सुरेन्द्र भट्टराई विजयी भए । 

त्यसैगरि सदस्यहरुमा गीता ढकाल, राजु ढकाल,ईनु थापा,रमेश पौडेल,सुर्दशन नेपाल,देवकी गुरुङ,अमृत कुमार ढकाल र फुरी ग्याल्जेन शेर्पा निर्वाचित भएका छन ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।