logo

नाट्टा निर्वाचनका लागी दीपेन्द्र कुमार घिमिरे समुहको १५ बुँदे घोषणापत्र सार्वजनिक

    2535   पटक पढिएको

२४ पुष / अर्थ र व्यापार- नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनका नाट्टाका वर्तमान द्वितीय उपाध्यक्ष दीपेन्द्र कुमार घिमिरे (डि.के शर्मा)  समुहले पत्रकार सम्मेलन गरी प्यानल र घोषणापत्र सार्वजनिक गरेको छ ।

दीपेन्द्र कुमार घिमिरे प्यानलबाट प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा संगीता जिरेल बादे, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के.सि.भट्टराई, कोषाध्यक्षमा राम प्रसाद श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा,सन्तोष कुमार क्षेत्री,बेन्जु श्रेष्ठ मुखिया, डोलप्रसाद अर्याल,रघनाथ परियार, गीता ढकाल र विनोद कार्कीको उम्मेदवारी परेको छ ।


पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार शर्माले नाट्टामा राजनैतिक संस्कारको विकाश गर्न प्रयास भएकोले त्यस्तो दुस्प्रयासलाई अघि बढ्न नदिने उद्देश्यले आफ्नो समुह निर्माण भएको वताउँदै १५ बुँदे घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा नाट्टालाई राजनीतक संक्रमणवाट जोगाउने,पर्यटन विभागले खारेज गरेका सम्पूर्ण ईजाजत पत्रहरुलाई नविकरणको अवसर सिर्जना गर्ने, आएटासंग आपसी समझदारी वृद्धि गर्ने लगायतका उल्लेख छन ।

कार्यक्रममा नाट्टाका पूर्व अध्यक्षहरु रविन्द्रमान सिंह प्रधान,भोलाविक्रम थापा,रामकाजि कोने,डि.बि.लिम्बु,पवित्रकुमार कार्की तथा वर्तमान अध्यक्ष मधुसुदन आचार्य लगायतको पनि उपस्थिति थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।