logo

नाट्टाद्वारा मिस टुरिजमका विजेताहरुलाई बधाई ज्ञापन, विजेताहरुले पर्यटन क्षेत्रको सकारात्मक प्रचार गर्नुपर्ने अध्यक्ष पाण्डेको धारणा

    1768   पटक पढिएको

१ भदौ / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले एक कार्यक्रमको आयोजना गरि मिस टुरिजम–२०१९ कि विजेता आरजु पोखरेल, फस्र्ट रनर अप युसिका तुलाधर र सकेण्ड रनर अप सविता न्यौपानेलाई बधाई ज्ञापन गरेको छ । विजेताहरुलाई नाट्टाका अध्यक्ष सि.एन.पाण्डे,सचिव सविता के.सि.भट्ट्राई र सदस्यहरु गीता ढकाल र देवकि गुरुङले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले मिस टुिरजमका विजेताहरुले पर्यटन क्षेत्रका सकारात्मक विषयवस्तुहरुलाई आम युवाहरुसम्म पु¥याउन पहल गर्नुपर्ने वताए । “ युवाहरुलाई नेपालको पर्यटन क्षेत्रमा आकर्षित गर्न र यहाँभित्रका सकारात्मक विषयहरुलाई समाजका विभिन्न क्षेत्रमा पु¥याउन मिस टुरिजमका विजेताहरुले भुमिका खेल्नुपर्छ”–अध्यक्ष पाण्डेले भने । त्यसवाहेक नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल पार्न युवाहरुको भुमिकालाई अझ प्रभावकारी वनाउन पनि मिस टुरिजमका विजेताहरुले सहयोग गर्नुपर्ने उनले वताए ।

कार्यक्रममा बोल्दै मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने र पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले सन् २०१६ देखि मिस टुरिजमको आयोजना गरिएको वताए । उनले नाट्टाको सम्मानले विजेताहरुलाई नेपालको पर्यटन क्षेत्रमा अझ वढि क्रियालि वनाउन सहयोग गर्ने वताए ।

कार्यक्रममा मिस टुरिजम–२०१९ आरजु पोखरेल,फस्र्ट रनर अपर युसिका तुलाधर र सेकेण्ड रनर अप सविता न्यौपानेले आगामी दिनमा पनि नाट्टाले आगामी दिनमा गर्ने पर्यटन प्रवद्र्धनका गतिविधिहरुमा आँफुहरुको सक्रिय सहभागिता रहने वताए । कार्यक्रममा नाट्टाका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।