logo

नाट्टाद्वारा मिस टुरिजमका विजेताहरुलाई बधाई ज्ञापन, विजेताहरुले पर्यटन क्षेत्रको सकारात्मक प्रचार गर्नुपर्ने अध्यक्ष पाण्डेको धारणा

    1492   पटक पढिएको

१ भदौ / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले एक कार्यक्रमको आयोजना गरि मिस टुरिजम–२०१९ कि विजेता आरजु पोखरेल, फस्र्ट रनर अप युसिका तुलाधर र सकेण्ड रनर अप सविता न्यौपानेलाई बधाई ज्ञापन गरेको छ । विजेताहरुलाई नाट्टाका अध्यक्ष सि.एन.पाण्डे,सचिव सविता के.सि.भट्ट्राई र सदस्यहरु गीता ढकाल र देवकि गुरुङले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले मिस टुिरजमका विजेताहरुले पर्यटन क्षेत्रका सकारात्मक विषयवस्तुहरुलाई आम युवाहरुसम्म पु¥याउन पहल गर्नुपर्ने वताए । “ युवाहरुलाई नेपालको पर्यटन क्षेत्रमा आकर्षित गर्न र यहाँभित्रका सकारात्मक विषयहरुलाई समाजका विभिन्न क्षेत्रमा पु¥याउन मिस टुरिजमका विजेताहरुले भुमिका खेल्नुपर्छ”–अध्यक्ष पाण्डेले भने । त्यसवाहेक नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल पार्न युवाहरुको भुमिकालाई अझ प्रभावकारी वनाउन पनि मिस टुरिजमका विजेताहरुले सहयोग गर्नुपर्ने उनले वताए ।

कार्यक्रममा बोल्दै मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने र पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले सन् २०१६ देखि मिस टुरिजमको आयोजना गरिएको वताए । उनले नाट्टाको सम्मानले विजेताहरुलाई नेपालको पर्यटन क्षेत्रमा अझ वढि क्रियालि वनाउन सहयोग गर्ने वताए ।

कार्यक्रममा मिस टुरिजम–२०१९ आरजु पोखरेल,फस्र्ट रनर अपर युसिका तुलाधर र सेकेण्ड रनर अप सविता न्यौपानेले आगामी दिनमा पनि नाट्टाले आगामी दिनमा गर्ने पर्यटन प्रवद्र्धनका गतिविधिहरुमा आँफुहरुको सक्रिय सहभागिता रहने वताए । कार्यक्रममा नाट्टाका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।