logo

नाट्टा क्षेत्रीय संघ पोखराको अध्यक्षमा सन्तोष पोखरेल

    1850   पटक पढिएको

 

१२ माघ / अर्थ र व्यापार - पोखरा । नाट्टा क्षेत्रीय संघ पोखराको अध्यक्षमा सन्तोष पोखरेल सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । पोखरेलसहित प्रथम उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्विरोध भएको संघका अध्यक्ष दिलप्रसाद गौतमले जानकारी दिए ।

निर्विरोध अध्यक्ष बनेका पोखरेल लामो समयदेखि नाट्टा पोखराको कार्यसमितिमा रहेका काम गरेका थिए । उनी नाट्टाको दुई कार्यकाल अगाडि प्रथम उपाध्यक्ष थिए भने त्यसपछि अध्यक्ष सल्लाहकार थिए । पोखरा जेसिजका पूर्व अध्यक्ष पोखरेललाई नेपाल जेसिजले देशैभरका उत्कृष्ट जेसिज अध्यक्षका रुपमा पनि पुरस्कृत गरेको थियो । लभ्ली माउण्ट टुर्स एण्ड ट्राभल्स लगायत पोखरेल आधा दर्जन बढी व्यवसायमा आवद्ध छन् ।

संघको प्रथम उपाध्यक्षमा सञ्जयकान्त सिग्देल, द्वितिय उपाध्यक्षमा झविलाल अधिकारी, महासचिवमा हरिराम अधिकारी, कोषाध्यक्षमा किशोर दाहाल र सहकोषाध्यक्षमा धु्रवजित कुँवर सर्वसम्मत भएका छन् । 

सचिवमा कुलचन्द्र शर्मा, नवराज अधिकारी, प्रेमप्रसाद सुवेदी र कमला गिरीको दाबी रहे पनि सर्वसम्मत हुन सकेको छैन । सदस्यहरुमा विश्वराज आचार्य, चेतन कार्की, नवराज भण्डारी चयन भएको निर्वाचन अधिकृत पशुपति शर्माले जानकारी दिए । संघको १० औं अधिवेशन तथा २३ औं वार्षिक साधारणसभाको औपचारिक भने शनिबार हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।