logo

नाट्टा ५ नम्बर प्रदेशको अध्यक्षमा अधिकारी

    1960   पटक पढिएको

१२ श्रावण / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ५ नम्बर प्रदेशको अध्यक्षमा कृष्णप्रसाद अधिकारी (सागर) चयन भएका छन । शनिवार भएको साधारणसभाले अध्यक्षमा अधिकारीलाई चयन गरेको हो ।

त्यसैगरी संस्थाको प्रथम उपाध्यक्षमा रचना पन्त,द्वितिय उपाध्यक्षमा कुलचन्द्र पाण्डे,तृतिय उपाध्यक्षमा अमितमान श्रेष्ठ,महासचिवमा चन्द्र बहादुर थापा,सचिवमा अन्जन श्रेष्ठ,कोषाध्यक्षमा प्रदिपकुमार पोखरेल र सहकोषाध्यक्षमा अंकित जैसवाल चयन भए । त्यस्तै सदस्यहरुमा प्रसाद भट्ट,विना न्यौपाने,ज्ञानु पोखरेल,सुदिप श्रीवास्तव,अमाशंकर सिंह खड्का,विलाश श्रेष्ठ र महेश पन्थी चयन भएका छन ।

५ नम्बर प्रदेशकि वन,वातावरण तथा पर्यटन मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भयो । साधारणसभामा बोल्दै नाट्टा केन्द्रका अध्यक्ष सि.एन.पाण्डेले नाट्टाले देशैभरी पर्यटन क्षेत्रको विकासका लागी सम्पूर्ण शाखाहरुलाई थप सक्रिय वनाउन चाहेको वताए । उनले प्रदेश ५ पर्यटनका दृष्टिे निकै सम्भावना बोकेको क्षेत्र भएकोले यस प्रदेशको पर्यटन क्षेत्रको विकासका लागी सरकार र नीजि क्षेत्र मिलेर अगाडी बढ्नुपर्ने वताए । साधारणसभामा नाट्टा केन्द्रका महासचिव रमेश थापा,सह–कोषाध्यक्ष सुरेन्द्र भट्टराई लगायत सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।