logo

नाटोज अब महासंघ बन्ने

    1624   पटक पढिएको

२३ मंसिर / अर्थ र व्यापार- राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को शनिबार सम्पन्न चुमखोला विस्तारित बैठकले नाटोजलाई महासंघ बनाउने निर्णय गरेको छ । विस्तारित बैठकलाई सम्बोधन गर्दै नाटोजका अध्यक्ष शिव अधिकारी (अविरल) ले पर्यटन क्षेत्रमा कलम चलाउने सबै पत्रकाहरुलाई समेट्दै संस्थागत रुपमा पर्यटन प्रवद्र्धन र विकासमा योगदान पु¥याउनका लागि नाटोजलाई महासंघीय संरचनामा लैजानुपर्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावलाई बैठकले अनुमोदन गरेसँगै नाटोजलाई महासंघीय ढाँचामा जाने बाटो खुलेको हो ।

विस्तारित बैठकमा नाटोजका मानार्थ सदस्य तथा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले महासंघीय ढाँचामा गएपछि नाटोजको संस्थागत योजना तथा कार्यक्रम थप सशक्त हुने विश्वास व्यक्त गरे । महतले अहिलेको सरकारले विना पूर्वतयारी नेपाल भ्रमण वर्ष–२०२० घोषणा गरेको आरोप लगाउँदै लक्षित योजना पूरा हुन सक्नेमा आशंका व्यक्त गरे ।

पाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य गणेश सिंखडाले नाटोजलाई महासंघ बनाउने घोषणाले नेपाली पर्यटन पत्रकारितामा नयाँ पृष्ठभूमि तयार पारेको वताए । त्यस्तै नेपाल योग एसोसिएशनका अध्यक्ष मोहन लम्सालले पर्यटन क्षेत्रका हरेक पक्षलाई उजागर गर्नका लागि नाटोजले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै महासंघ बनेपछि थप सशक्त योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।