logo

नाटोज अब महासंघ बन्ने

    1981   पटक पढिएको

२३ मंसिर / अर्थ र व्यापार- राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को शनिबार सम्पन्न चुमखोला विस्तारित बैठकले नाटोजलाई महासंघ बनाउने निर्णय गरेको छ । विस्तारित बैठकलाई सम्बोधन गर्दै नाटोजका अध्यक्ष शिव अधिकारी (अविरल) ले पर्यटन क्षेत्रमा कलम चलाउने सबै पत्रकाहरुलाई समेट्दै संस्थागत रुपमा पर्यटन प्रवद्र्धन र विकासमा योगदान पु¥याउनका लागि नाटोजलाई महासंघीय संरचनामा लैजानुपर्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावलाई बैठकले अनुमोदन गरेसँगै नाटोजलाई महासंघीय ढाँचामा जाने बाटो खुलेको हो ।

विस्तारित बैठकमा नाटोजका मानार्थ सदस्य तथा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले महासंघीय ढाँचामा गएपछि नाटोजको संस्थागत योजना तथा कार्यक्रम थप सशक्त हुने विश्वास व्यक्त गरे । महतले अहिलेको सरकारले विना पूर्वतयारी नेपाल भ्रमण वर्ष–२०२० घोषणा गरेको आरोप लगाउँदै लक्षित योजना पूरा हुन सक्नेमा आशंका व्यक्त गरे ।

पाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य गणेश सिंखडाले नाटोजलाई महासंघ बनाउने घोषणाले नेपाली पर्यटन पत्रकारितामा नयाँ पृष्ठभूमि तयार पारेको वताए । त्यस्तै नेपाल योग एसोसिएशनका अध्यक्ष मोहन लम्सालले पर्यटन क्षेत्रका हरेक पक्षलाई उजागर गर्नका लागि नाटोजले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै महासंघ बनेपछि थप सशक्त योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।