logo

सञ्चार मन्त्रालयले विदेशमा सुचनादुत नियुक्त गर्ने

    1991   पटक पढिएको

१४ भाद्र/ अर्थ र व्यापार- सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विश्वभर नेपालको वारेमा सत्य तथ्य सुचना सम्प्रेषण गर्नको लागी सञ्चारदुत हरु नियुक्त गरिने वताएका छन । “नेपालमा केहि घटना घटे हाम्रा सुचनाहरु ग्लत ढंगले विश्वभर जाने र अफवाह फैलिने गरेको देखियो,त्यसैले अव विश्वभर यथार्थ सुचनाहरु पु¥याउन छिट्टै सुचनादुतहरु नियुक्त गरिनेछ”–मन्त्री बस्नेतले भने । राष्ट्रिय पर्यटन पत्रकार संघ –नाटोजको चौंथो वार्षिक साधारणसभामा बोल्दै मन्त्रि बस्नेतले मुलुक अव समृद्धको वाटोमा जानुको विकल्प नरहेको वताउँदै पर्यटन मुलुकको समृद्धिको प्रमुख आधार रहेको वताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले सुचना तथा सञ्चार मन्त्रालयले अलि सहज ढंगले काम गरेमा ठूलो संख्यामा विदेशी फिल्म निर्माताहरु न्ेपाल आउने वताए । पर्यटन विकासका लागि सूचना र प्रविधिलाई पर्यटनमैत्री बनाउनुपर्ने उनले वताए । नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दिपक महतले पर्यटन विकासका लागि पर्यटन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै पत्रकारहरुको संस्थागत विकासको आवश्यकता रहेको बताए ।

नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहालले मुलुकको समग्र पर्यटन प्रवद्र्धन र विकासका लागि पर्यटकीय संघ संस्थाहरु पर्यटन व्यवसाय र व्यवसायीमैत्री हुनुपर्ने वताए । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारीले नाटोजले आफ्नो स्थापना कालदेखि नै पर्यटन पत्रकारहरुलाई आइपर्ने हरेक समस्याहरुको समाधानमा संस्थागत भूमिका खेल्दै आइरहेको वताउँदै आगामी दिनमा यसलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नाटोजले प्रदान गर्दै आएको १० हजार धनराशीसहितको नाटोज पर्यटन पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार कृष्णा ताम्राकार र रातोपाटीका सहसम्पादक राजकुमार सिग्देललाई प्रदान गरियो । त्यस्तै पर्यटन व्यवसायीहरु मोहन लम्साल, दिपेन्द्र अधिकारी, अनिल लामा,ऋषिराम पनेरु, गिता गुरुङ,दावा छिरि शेर्पा, पुष्प बास्कोटा र भीम प्रसाद सापकोटा लाई सम्मान गरियो । 
चौथो वार्षिक साधारणसभा बन्द सत्रबाट महासचिव प्रकाश खालिङ र कोषाध्यक्ष नविन काफ्लेद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टानका अध्यक्ष चन्द्र रिजाल, एनएमएका अध्यक्ष सन्तबीर लामा लगायत व्यवसायि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।