logo

सञ्चार मन्त्रालयले विदेशमा सुचनादुत नियुक्त गर्ने

    1677   पटक पढिएको

१४ भाद्र/ अर्थ र व्यापार- सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विश्वभर नेपालको वारेमा सत्य तथ्य सुचना सम्प्रेषण गर्नको लागी सञ्चारदुत हरु नियुक्त गरिने वताएका छन । “नेपालमा केहि घटना घटे हाम्रा सुचनाहरु ग्लत ढंगले विश्वभर जाने र अफवाह फैलिने गरेको देखियो,त्यसैले अव विश्वभर यथार्थ सुचनाहरु पु¥याउन छिट्टै सुचनादुतहरु नियुक्त गरिनेछ”–मन्त्री बस्नेतले भने । राष्ट्रिय पर्यटन पत्रकार संघ –नाटोजको चौंथो वार्षिक साधारणसभामा बोल्दै मन्त्रि बस्नेतले मुलुक अव समृद्धको वाटोमा जानुको विकल्प नरहेको वताउँदै पर्यटन मुलुकको समृद्धिको प्रमुख आधार रहेको वताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले सुचना तथा सञ्चार मन्त्रालयले अलि सहज ढंगले काम गरेमा ठूलो संख्यामा विदेशी फिल्म निर्माताहरु न्ेपाल आउने वताए । पर्यटन विकासका लागि सूचना र प्रविधिलाई पर्यटनमैत्री बनाउनुपर्ने उनले वताए । नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दिपक महतले पर्यटन विकासका लागि पर्यटन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै पत्रकारहरुको संस्थागत विकासको आवश्यकता रहेको बताए ।

नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहालले मुलुकको समग्र पर्यटन प्रवद्र्धन र विकासका लागि पर्यटकीय संघ संस्थाहरु पर्यटन व्यवसाय र व्यवसायीमैत्री हुनुपर्ने वताए । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारीले नाटोजले आफ्नो स्थापना कालदेखि नै पर्यटन पत्रकारहरुलाई आइपर्ने हरेक समस्याहरुको समाधानमा संस्थागत भूमिका खेल्दै आइरहेको वताउँदै आगामी दिनमा यसलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नाटोजले प्रदान गर्दै आएको १० हजार धनराशीसहितको नाटोज पर्यटन पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार कृष्णा ताम्राकार र रातोपाटीका सहसम्पादक राजकुमार सिग्देललाई प्रदान गरियो । त्यस्तै पर्यटन व्यवसायीहरु मोहन लम्साल, दिपेन्द्र अधिकारी, अनिल लामा,ऋषिराम पनेरु, गिता गुरुङ,दावा छिरि शेर्पा, पुष्प बास्कोटा र भीम प्रसाद सापकोटा लाई सम्मान गरियो । 
चौथो वार्षिक साधारणसभा बन्द सत्रबाट महासचिव प्रकाश खालिङ र कोषाध्यक्ष नविन काफ्लेद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टानका अध्यक्ष चन्द्र रिजाल, एनएमएका अध्यक्ष सन्तबीर लामा लगायत व्यवसायि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।