logo

नाटोजमा शिव अधिकारीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वा्चित

    1839   पटक पढिएको


२६ माघ /अर्थ र व्यापार- काठमाडौं । समग्र पर्यटन पत्रकारहरुको छाता संगठन राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को नयाँ कार्यसमिति निर्विरोध रुपमा निर्वा्चित भएको छ । संघको केन्द्रीय कार्यलय कमलादीमा विहिबार सम्पन्न उम्मेद्धार मनोनयन पत्र दर्ताको क्रममा सबै पदमा एक एक जनाको मात्रै उम्मेद्धारी परेको हो । 

गन्तव्य नेपाल गु्रपका शिव अधिकारीको अध्यक्षतामा निर्विरोध निर्वा्चित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा प्रदेश नम्बर १ बाट शिखरपोष्ट मिडियाका प्रकाश खालिङ, प्रदेश नम्बर २ बाट राष्ट्रिय समाचार समितिका विकास लोहनी, प्रदेश नम्बर ३ बाट राजधानी दैनिकका मधुजंग पाण्डे, प्रदेश नम्बर ४ बाट रेडियो जननीका विमला भण्डारी, प्रदेश नम्बर ५ बाट रेडियो नेपालका भुषण पोखरेल, प्रदेश नम्बर ६ बाट न्यूज २४ टेलिभिजनका संगम बानियाँ र प्रदेश नम्बर ७ बाट दि राईजिङ नेपाल दैनिकका नारायण उपाध्यय निर्विरोध निर्वा्चित हुनुभएको छ । यसअघि पाँच जना मात्रै उपाध्यक्ष रहेकोमा राज्यको पुनर्संरचनाअनुसार सात प्रदेश स्तरीय संगठनात्मक संरचना बनाउँदै सात जना उपाध्यक्ष बनाइएको हो । 

त्यस्तै महासचिवमा अर्थ र व्यापार साप्ताहिकका नविन काफ्ले, उपमहासचिवमा राससका सिवी अधिकारी, सचिवमा शिखरन्यूज डटकमका सुजन पन्त निर्वा्चित हुनुभएको छ भने कोषाध्यक्षमा मेगा टेलिभिजनका कल्पना महर्जन र सहकोषाध्यक्षमा ईआर्थिक डट कमका तिर्सना गिरी निर्वा्चित हुनुभएको छ । 

नयाँ कार्यसमितिको सदस्यहरुमा चक्रपथ डट कमका कविता अधिकारी, सगरमाथा टेलिभिजनका श्रीकृष्ण सुवेदी, न्यूजसेवा डटकमका विष्णु पोखरेल, अर्थको अर्थ डट कमका शंकर पण्डित, नेपाल समाचारपत्र दैनिकका दिपेन्द्र थापा, इमेज टेलिभिजनका भरत केसी, फोटो पत्रकार जनार्दन अर्याल र जनतापोष्ट डट कमका किरण बुढाथोकी रहनुभएको छ । यस अघि अध्यक्ष पदका लागि चार जनाले दाबेदारी प्रस्तुत गर्दै आएपनि लामो समयको सम्बादपछि नयाँ कार्यसमिति सर्वसम्मत भएको हो । 

उक्त नयाँ कार्यसमितिको औपचारिक घोषणा भने आउँदो माघ २९ गते नेपाल पर्यटन बोर्डमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यताबीच सम्पन्न हुन लागेको पाँचौ वार्षिक साधारण सभाबाट गरिने नाटोज सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।