logo

जर्सिङपौवामा खुल्यो नेशनल माउन्ट भ्यु रिसोर्ट  

    6535   पटक पढिएको

१० असार / अर्थ र व्यापार- काठमाडौंको ब्यस्त जिन्दगी बिताउनेहरुलाई लक्षित काठमाडांैको उत्तर पुर्वी जर्सिङ पौवामा नेशनल माउण्ट भ्यु रिसोर्ट सञ्चालनमा आएको छ । जर्सिगपौवामा साना र कम वजेटका होटेलहरु प्रशस्तै भएपनि गुणस्तरीय नेपाली पर्यटकलाई आर्कषण गर्ने खालका होटल नभएको अवस्थामा चावहिलदेखि २२ किलोमिटर माथि रहेको जर्सिङ पौवामा २५ रोपनी क्षेत्रफलमा नेशनल माउन्ट भ्यू रिसोर्ट सन्चालनमा आएको हो ।

रिसोर्टका वजार निर्देशक प्रदिप पाण्डेले नयाँ व्यवस्थापन सहित सञ्चालमा आएको यस रिसोर्टमा १० करोड रुपैयाँ लगानी भईसकेको थप ४ करोड रुपैंया खर्च गरी आधुनिक सुविधा सम्पन्न तारे होटलमा परीणत गरीने वताए । पछिल्लो समय जर्सिङ पौवा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्न थालेपछि पर्यटकहरुलाई स्तरीय सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक मध्येका एक केदार आचार्यले वताए । आचार्यका अनुसार होटेलमा हाल ७ वटा स्वीट रुम, २५ वटा डिलक्स् रुम र ६ वटा कटेज रुम रहेको छ । त्यस्तै होटलमा १०० जना क्षमताको २ वटा सेमिनार हल रहेको छ ।

जर्सिङ पौवामा विदेशी पर्यटकहरुको भन्दा आन्तरिक पर्यटकहरुको उपस्थिति निकै बाक्लो हुने गरेको छ । काठमाडौंबाट नजिकै भएकाले उपत्यकाबासीहरु रिफ्रेस हुन जरसिंहपौवा जाने गरेका छन् । यो रिसोर्टबाट मेलम्ची, नगरकोट, नाङलेभारे, चारखाल लगायतका ठाँउहरुको आकर्षक दृष्यावलोकन गर्न सकिने छ भने सानो इलाम भनिने भोटेचौर जानेहरुको लागी पनि यो हाटेलमा खाना र वस्न सक्नेछन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।