logo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द 

    1941   पटक पढिएको


३० साउन/अर्थ र व्यापार–  आउदो भदौ १४ र १५ गते आयोजना हुन गईरहेको बिमस्टेक सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनेको लुम्बिनी र पोखरा भ्रमण रद्द गरिएको छ । 

सुरक्षाको कारण लुम्बनी र पोखरा भ्रमण स्थगित गरिएको दूतावास स्रोतले जनाएको छ । भारतीय दूतावास र नेपाल सरकार भ्रमणको तयारीमा जुटिसकेका थिए ।

‘बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा मुलुकको प्रतिनिधि सहभागी हुनेहुंदा नेपाल सरकारले सबैलाई सुरक्षा दिनुपर्ने हुन्छ । त्यही अवस्थामा मोदी लुम्बिनी र पोखरा भ्रमणमा जाँदा उता पनि सुरक्षा बढाउनु पर्ने भएकाले भारतकै तर्फबाट पोखरा र लुम्बिनीको भ्रमण नगर्ने जानकारी पठाएको बताइएको छ । 

यसअघि २०७१ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका मोदी जनकपुरसँगै लुम्बनीको समेत भ्रमण गर्ने तयारीमा थिए । २०७१ पनि अन्तिममा सुरक्षाको कारण देखाउँदै जनकपुरको भ्रमण रद्द भएपछि प्रधानमन्त्री मोदीले आफै लुम्बनी भ्रमणसमेत रद्द गरेका थिए । 

सम्मेलनमा भाग लिन काठमाडौँ आएका मोदीले भारतको सहयोगमा गौशालामा निर्मित धर्मशालाको उद्घाटन गरिने नेपालका लागि भारतीय राजदूत मन्जिम्भ सिंह पुरीले हिजै जानकारी गराए पनि पोखरा र लुम्बनीको बारेमा बोलेका छैनन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पोखरा र लुम्बनी भ्रमणको बारेमा आफुलाई आधिकारिक जानकारीमा नरहेको बताए ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।