logo

सबै धार्मिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण २ वर्षभित्र सम्पन्न हुने

    1932   पटक पढिएको


१२ मंसिर/अर्थ र व्यापार– संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले भूकम्पबाट क्षति पुगेका सबै सांस्कृतिक तथा धार्मिक सम्पदाको पुनर्निर्माण २ वर्षभित्र सम्पन्न गरिने बताएका छन् । 

बिहीवार नारायणहिटी नजिक रहेको चतुव्यूह नारायण मन्दिर प्रवेशद्वार उद्घाटन गर्दै मन्त्री भट्टराईले भूकम्पले क्षति पु¥याएका १ हजार सम्पदामध्ये ५०० भन्दा बढीको निर्माण सम्पन्न भएको जानकारी दिए ।

मन्त्री भट्टराईले रानीपोखरी, दरबार हाईस्कुल, पाटन, पशुपतिक्षेत्र लगायत अधिकांश क्षेत्रको पुनर्निर्माण सम्पन्न भएको भन्दै उनले २२ तले धरहराको पुनर्निर्माण पनि १८ तलासम्म पूरा भएको जानकारी दिए । 

काठमाडौं उपत्यका मन्दिरै मन्दिर भएको ठाउँ तथा र विश्वसम्पदा सूचीमा सूचीकृत धेरै धार्मिकस्थल पर्यटकलाई भ्रमणमा सहज बनाउन सर्किटको रूपमा विकास गर्न लागिएको मन्त्री भट्टराईले जानकारी दिए ।

पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले काठमाडौंको नागपोखरी आसपासमा रहेका एक सय वर्षभन्दा पुराना सातओटा घरको संरक्षण गर्न सरकारसँग माग गरे । 

पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य थापाले पशुपतिदेखि नारायणहिटी दरबारसम्मका विभिन्न पुरातात्विक सांस्कृतिक सम्पदाहरूको एउटै प्याकेज बनाएर संरक्षण गर्न उनले मन्त्री भट्टराईसँग अनुरोध समेत गरे ।

पूर्वरक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानले नारायण मन्दिर लिच्छवीकालीन भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।