logo

पर्यटनमन्त्री भट्टराईद्वारा सुकेटार विमानस्थलको निरिक्षण, स्तरोन्नतीको काम समयमै सक्न निर्देशन

    1866   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार- पर्यटन तथा नागरकि उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्ला स्थित सुकेटार विमानस्थलको अवलोकन गरेका छन् । 

सात दिने भ्रमणका लागि शुक्रबार बिहान गृह जिल्ला ताप्लेजुङ पुगेका मन्त्री भट्टराईले विमानस्थलको स्तरोन्नतीको काम समयमै सक्न निर्देशन दिएका हुन् । 

पर्यटनमन्त्रीसँगै आएका नागरकि उड्डयन प्राधकिरणका कार्यकारी निर्देशक राजन पोख्रेलले पनि विमानस्थलको निरिक्षण गरेका छन् ।  

निर्देशक राजन पोख्रेलले देशका हिमाली तथा पहाडी जिल्लाका ३३ वटा विमानस्थलको स्तरवृद्धी गर्ने काम भइरहेको बताए । विभीन्न प्रदेशका राजधानीबाट सबै जिल्लामा हवाई जहाज सञ्चलान गर्ने योजना रहेको बताए ।

सुकेटर विमास्थल प्राधीकरण शाखा कार्यालयका प्रमुख सूर्य खत्रीले विमानस्थलको स्तरोन्नतीको काम भईरहेको र अहिले ६५ प्रतशित काम सम्पन्न भएको जानकारी दिए ।

खत्रीले अहिले टर्मिनल भवन रङ्गरोगन गर्ने, विमानस्थलको मुख्य गेटदेखी सहायक गेटसम्मको बाटो ढलान गर्ने, नाली बनाउने काम सम्पन भएको बताए । 

अहिले विमानस्थलको पूर्वपटीको डाँडो काट्ने काम भइरहेको छ । साथै अहिले रहेको धावन मार्गलाई ७ सयबाट बढाएर ८ सय ५० मिटर बनाउने काम भईरहेको जानकारी दिए । 

विमानस्थल समयभन्दा एक वर्षअघी नै आउँदो चैतसम्ममा काम सक्ने गरी काम भईरहेको विमानस्थल प्रमुख खत्रीले बताए ।

यसअघि ६ महिनामात्र सञ्चालन हने सुकेटर विमानस्थलको स्तरोन्नती भएसंगै ताप्लेजुङका पर्यटकिय तथा धार्मिक स्थल पाथीभरा, कञ्चजङ्घा, फुङफुङे भरना लगायतका क्षेत्रमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरएिको छ ।  

२०२८ सालमा स्थानियको पहलमा निर्माण भएको सुकेटार विमानस्थल ४४ वर्षपछि आर्थिक वर्ष २०७०/०७१ मा कालोपत्रे भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।