logo

मंसिरदेखी मात्रै विदेशी पर्यटक आगमन खुला गर्ने, क्वारेन्टिनमा बस्नु नपर्ने

    3438   पटक पढिएको


२६ असोज/अर्थ र व्यापार– कात्तिक १ गतेदेखीनै पर्यटकलाई नेपाल आवागमन खुला गर्ने तयारी गरेको सरकारले नयाँ मापदण्ड लागू गर्दै मंसिरबाट मात्रै आगमन खुला गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्रीसंग विभिन्न मन्त्रालयका मन्त्रीहरुको बैठकपछि पर्यटन मन्त्रालयले विदेशी पर्यटकलाई नेपाल आएपछि अनिवार्य सात दिन क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड परिवर्तन गर्दै मंसिरबाट खोल्ने तयारी गरेको हो ।

यसअघि सरकारले पर्यटकलाई ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने मापदण्डप्रति व्यवसायीहरुले असन्तुष्टी जनाएपछि मापदण्ड परिवर्तन गरेर मंसिरदेखि खोल्ने तयारी भएको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए।

अब नयाँ मापदण्ड अनुसार ७२ घण्टा अगाडीको  पीसीआर रिपोर्ट नेगेटिभ भए पर्यटकले क्वारेन्टिनमा बस्नुनपर्ने छैन तर सामाजिक दुरी कायम गर्ने लगाएतका अन्य सुरक्षा मापदण्डहरु भने पालना गर्नुपर्ने हुन्छ । 

पिसीआर परीक्षण रिपोर्टको आधारमा विदेशी पर्यटकलाई नेपाल आउन दिने र क्वारेन्टिनमा पनि बस्नु नपर्ने प्रावधान ल्याउन लागिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले जानकारी दिए ।

सरकारले पर्यटकहरुको कोभिड विमा पनि मिनाह गर्ने भएको छ । तर विरामी भएको खण्डमा पर्यटकहरु आफैंले व्यहोर्नुपर्ने छ । 

यस्तै विदेसी पर्यटकहरुलाई नेपाल आउन सहज वनाउनको लागि अनअराईभल भिसा दिने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।