logo

यती बाइक रेसका विजेतालाई पुरस्कार प्रदान

    1639   पटक पढिएको

६ आश्विन / अर्थ र व्यापार- मकालु एडभेचर प्रा.लि.ले नेपालमा आयोजना गरेको यती बाईक रेसको दोस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा यसपटक ७ जना विदेशी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रतियोगीताका विजेताहरुलाई आइतबार ठमेल इको रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मेडलसहितको पुरस्कार प्रदान गरे ।

मनाङ–थोरोङ्ला पास–कागबेनी–जोमसोम हुँदै मार्फासम्मको दूरीमा सञ्चालित उक्त प्रतियोगितामा कार्लोस जिमेनेज लोजानोले प्रथम स्थान हासिल गरे । पुरस्कार प्रदान गर्दै पर्यटन विभागका महानिर्देशक घिमिरेले यती बाइक रेस नेपालको पर्यटन क्षेत्रमा नयाँ प्रडक्ट भएकोले यसको माध्यमबाट पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगीहरुलाई नेपाल भ्रमण वर्ष २०२० को बारेमा जानकारी दिदै उनले सो अवसरमा यसखालका कार्यक्रमलाई सरकारले पश्रसय दिने पनि वताए ।

कार्यक्रममा मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले केही न केही नयाँ पर्यटकीय गतिविधि गर्ने क्रममा यो प्रतियोगिता आयोजना गरिएको बताउँदै यसलाई आगामी दिनमा थप विस्तार गर्दै मुलुकको पर्यटन प्रवद्र्धनको माध्यमको रुपमा स्थापित गर्ने सोचका साथ अघि बढिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।