logo

बाघ संरक्षणको जनचेतना अभिवृद्धि र पर्यटन प्रवद्र्धनमा मकालु एडभेन्चर

    2069   पटक पढिएको

१४ कार्तिक / अर्थ र व्यापार- बाघ संरक्षणको जनचेतना अभिवृद्धि र पर्यटन प्रवद्र्धनका लागी मकालु एडभेन्चर प्रा.लि.ले “सेभ आवर विग क्याट्स” भन्ने नाराका साथ ट्रेक फर विग क्याट्स अभियान सञ्चालन गर्ने भएको छ । 

कम्पनीले ‘सेफ फर बिग क्याट फ्यामिली’ भन्ने मूल नाराका साथ सांकेतिक रुपमा एउटा सिंह र दुईवटा बाघको पहिरनमा ट्रेकिङ गरि सो अभियान अगाडी बढाउने भएको हो । यस अभियानमा दक्षिण अफ्रिकन नागरिक गार्थ जेन्स लेग र टे«सी ब्रटन तथा चेक रिपब्लिकन नागरिक लुकास सोभडा सहभागी हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । गार्थ र टे«सी सफारी गाइड हुन् भने लुकास फोटोग्राफर हुन् ।

उनीहरु नेपालको पर्यटन प्रवद्र्धनका लागि सोही सिंह र बाँघको भेषमा लुक्दादेखि विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरसम्म पुग्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । उनीहरुले लोपोन्मुख जनावरहरुको संरक्षण तथा वातावरणीय अवस्थाबारे विभिन्न विद्यालयका विद्यार्थीहरुमाझ प्रत्यक्ष जनचेतनामूलक कार्यक्रम समेत गर्नेछन् । त्यस सँगसँगै बासबाट निर्मित टुथब्रस पनि विद्यार्थीहरुलाई वितरण गर्ने योजना उनीहरुको छ । यस्तो खालको कार्यक्रम नेपालमा पहिलो पटक गर्न लागिएको मकालु एड्भेञ्चर प्रा.लि.का प्रबन्ध निर्देशक मोहन लम्सालले वताए ।

पत्रकार सम्मेलनमा गार्थले नेपालजस्तो विभिन्न जातका जनावरहरु पाइने ठाउँमा पछिल्लो समय लोप हुँदै जानु एकदमै दुःखद भएको भन्दै त्यहि कुरालाई उजागर गर्नका लागि आफुहरुले अभियान सञ्चालन गरेको बताए । उनले नेपालमा मात्रै नभएर अन्य मुलुकमासमेत यो अभियान सञ्चालन गर्ने योजना सुनाए ।

यस अभियानको व्यवस्थापन गर्ने कम्पनी मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले नेपालमा बाँघ जन्य जनावरहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै समग्र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।