logo

बाघ संरक्षणको जनचेतना अभिवृद्धि र पर्यटन प्रवद्र्धनमा मकालु एडभेन्चर

    1808   पटक पढिएको

१४ कार्तिक / अर्थ र व्यापार- बाघ संरक्षणको जनचेतना अभिवृद्धि र पर्यटन प्रवद्र्धनका लागी मकालु एडभेन्चर प्रा.लि.ले “सेभ आवर विग क्याट्स” भन्ने नाराका साथ ट्रेक फर विग क्याट्स अभियान सञ्चालन गर्ने भएको छ । 

कम्पनीले ‘सेफ फर बिग क्याट फ्यामिली’ भन्ने मूल नाराका साथ सांकेतिक रुपमा एउटा सिंह र दुईवटा बाघको पहिरनमा ट्रेकिङ गरि सो अभियान अगाडी बढाउने भएको हो । यस अभियानमा दक्षिण अफ्रिकन नागरिक गार्थ जेन्स लेग र टे«सी ब्रटन तथा चेक रिपब्लिकन नागरिक लुकास सोभडा सहभागी हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । गार्थ र टे«सी सफारी गाइड हुन् भने लुकास फोटोग्राफर हुन् ।

उनीहरु नेपालको पर्यटन प्रवद्र्धनका लागि सोही सिंह र बाँघको भेषमा लुक्दादेखि विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरसम्म पुग्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । उनीहरुले लोपोन्मुख जनावरहरुको संरक्षण तथा वातावरणीय अवस्थाबारे विभिन्न विद्यालयका विद्यार्थीहरुमाझ प्रत्यक्ष जनचेतनामूलक कार्यक्रम समेत गर्नेछन् । त्यस सँगसँगै बासबाट निर्मित टुथब्रस पनि विद्यार्थीहरुलाई वितरण गर्ने योजना उनीहरुको छ । यस्तो खालको कार्यक्रम नेपालमा पहिलो पटक गर्न लागिएको मकालु एड्भेञ्चर प्रा.लि.का प्रबन्ध निर्देशक मोहन लम्सालले वताए ।

पत्रकार सम्मेलनमा गार्थले नेपालजस्तो विभिन्न जातका जनावरहरु पाइने ठाउँमा पछिल्लो समय लोप हुँदै जानु एकदमै दुःखद भएको भन्दै त्यहि कुरालाई उजागर गर्नका लागि आफुहरुले अभियान सञ्चालन गरेको बताए । उनले नेपालमा मात्रै नभएर अन्य मुलुकमासमेत यो अभियान सञ्चालन गर्ने योजना सुनाए ।

यस अभियानको व्यवस्थापन गर्ने कम्पनी मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले नेपालमा बाँघ जन्य जनावरहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै समग्र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।