logo

काठमाडौंको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना

    1648   पटक पढिएको

१९ असार / अर्थ र व्यापार - काठमाडौंको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी एकाइको संयुक्त लगानीमा काठमाडौंको ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । पर्यटकहरूको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना गरिएको सेवा केन्द्रमा पर्यटकहरूलाई सूचना दिने गरी हटलाइन सेवा र अनलाइन सेवाको पनि बुधबारदेखि सुचारु गरीएको छ । 
सूचना केन्द्रमा पर्यटकहरूको लागि आवश्यक सूचना ११४४ नम्बरको हटलाइन सेवाबाट निःशुल्क रूपमा उपलब्ध हुनेछ । केन्द्रको उद्घाटन गर्दै पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन सेवालाई यी प्रविधिहरूले थप सहज बनाउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रविधिको प्रयोगबाट बजारको सुरक्षा गर्न लागि आवश्यक सूचना केन्द्रहरूको स्थापना गर्ने कामलाई प्राथमिकता दिइएको बताए । उनले समुदायलाई आफ्नो क्षेत्रको सुरक्षाका लागि आवश्यक सचेतना अपनाउन पनि आग्रह गरे ।

पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको टुष्टि पुलिस मोबाइल एप पर्यटनसम्बन्धी जानकारी एवं पर्यटकहरूको गुनासो तथा समस्यालाई सहज ढंगले सम्बोधन गर्ने उद्देश्यले निर्माण गरिएको हो । उक्त एप एन्ड्रोएड मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।