logo

स्थानिय निकायहरुले उठाएको पर्यटन शुल्कको विरुद्धमा पर्यटन व्यवसायिहरु

    2076   पटक पढिएको

१९ असोज / अर्थ र व्यापार संवाददाता- देशका विभिन्न पर्यटकियस्थलमा त्यहाँको स्थानिय निकायले उठाउन थालेको पर्यटन शुल्कको विरोधमा पर्यटन व्यवसायिहरु एकजुट भएका छन । विहिवार ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान) ले आयोजना गरेको “स्थानीय पर्यटन शुल्क : राष्ट्रिय पर्यटनमा असर तथा टिम्स सम्बन्धि अन्तरक्रिया” बोल्दै टानका अध्यक्ष चन्द्र प्रसाद रिजालले नेपालको पदयात्रा पर्यटन व्यवसाय अहिले निकै अप्ठ्यारो अवस्थामा रहेको वताए । रिजालले खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जस्तै शुल्क उठाउँदै जाने हो भने पर्यटन व्यवसाय पलायन हुने, नेपालको अर्थतन्त्रमा नकारात्मक असर पर्ने र अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको गलत प्रचार हुने वताए । उनले यसरी गाउँपालिकाहरुले मनलाग्दी शुल्क उठाउँदा पनि पर्यटन मन्त्रालय चुप लागेर बस्दा आँफुहरु अचम्ममा परेको वताए ।

कार्यक्रममा बोल्दै टानका पूर्व अध्यक्ष तथा नेपाल पर्यटन व्यवसायि संघका अध्यक्ष दिपक महतले खुम्बु पासाङ ल्हामु गाउँपालिकाको निर्णय अपरिपक्व भएको वताउँदै नेपाल पर्यटन वोर्ड ऐनका आधारमा सञ्चालनमा आएको टिम्स एउटा गाउँपालिकाले खारेज गर्न नसक्ने वताए । गाउँपालिकाले शुल्क उठाए पनि टिम्स नउठाउन उसले आदेश दिन नसक्ने उनको भनाई थियो ।

सोलुखुम्बू जिल्लाको खुम्बू पासाङ ल्हामू गाउँपालिकाले गत अक्टोबर १ वाट प्रति पर्यटक दुई हजार रुपैयाँ उठाउन थालेको छ । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समितिका सदस्य कृष्ण अर्याल लगायत पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले यहि अवस्था रहे पर्यटन व्यवसाय सञ्चालन गर्न नसकिने वताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।