logo

ल्याण्डमार्क होटलद्वारा नयाँ वर्षको अवसरलाई लक्षित गरेर आकर्षक प्याकेज सार्वजनिक

    2442   पटक पढिएको

२ बैशाख /अर्थ र व्यापार  - ल्याण्डमार्क फरेस्ट पार्क सौरहा चितवन तथा होटल ल्याण्डमार्क पोखरा र काठमाडौँले नयाँ वर्षको अवसरलाई लक्षित गरेर विभिन्न प्याकेज सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७६ का लागि होटलले नेपालीहरूका लागिमात्र आकर्षक प्याकेज सार्वजनिक गरेको हो । 

आन्तरिक पर्यटकका लागि ध्यान दिएर आकर्षक प्याकेज सार्वजनिक गरिएको सम्राट ग्रुपका सिईओ सिएन पाण्डेले जानकारी दिए । समय मिलाएर वैशाख महिनाभर नेपालीले नयाँ वर्ष मनाउने भएकाले एक महिनाको प्याकेज सार्वजनिक गरिएको पाण्डेले बताए ।
सिईओ पाण्डेका अनुसार चितवन, पोखरा र काठमाडौँ तीनै होटलमा दुइ रात तीन दिनको प्याकेज समेटिएको छ ।

काठमाडौँ र पोखरामा जोडीको १९,९९९ रूपैयाँ नेपाली रूपैयाँको प्याकेज रहेको छ भने चितवनमा प्रति १०५०० को प्याकेज सार्वजनिक गरिएको छ । पाण्डेका अनुसार पोखरा जाने पर्यटकले होटल ल्याण्डमार्कमा १९ हजार ९ सय ९९ रुपैयाँमा एक जोडीका लागि खाने बस्ने सुविधा उपलब्ध गराईएकोछ । त्यस्तै काठमाडौँमा पनि १९ हजार ९ सय ९९ रुपैयाँमा एक जोडीका लागि खाने बस्ने सुविधा उपलब्ध रहेको छ । चितवनमा भने एक जनाको १० हजार ५ सय रूपैयाँ एक जनको शुल्क लाग्नेछ । 

भिजिट नेपाल २०२० को तयारी तीव्र रूपमा चलिरहेको अवस्थामा पहिला देश अनिमात्र विदेश भन्ने नारा व्यवाहारमा उतार्नुपर्ने बताए । देशभित्रै पर्याप्त घुम्ने गन्तव्यहरू रहेको भन्दै पाण्डेले आन्तरिक पर्यटन प्रवर्द्धनमा सबैले सहयोग गर्नुपर्ने बताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।