logo

ल्याण्डमार्क होटलद्वारा नयाँ वर्षको अवसरलाई लक्षित गरेर आकर्षक प्याकेज सार्वजनिक

    2177   पटक पढिएको

२ बैशाख /अर्थ र व्यापार  - ल्याण्डमार्क फरेस्ट पार्क सौरहा चितवन तथा होटल ल्याण्डमार्क पोखरा र काठमाडौँले नयाँ वर्षको अवसरलाई लक्षित गरेर विभिन्न प्याकेज सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७६ का लागि होटलले नेपालीहरूका लागिमात्र आकर्षक प्याकेज सार्वजनिक गरेको हो । 

आन्तरिक पर्यटकका लागि ध्यान दिएर आकर्षक प्याकेज सार्वजनिक गरिएको सम्राट ग्रुपका सिईओ सिएन पाण्डेले जानकारी दिए । समय मिलाएर वैशाख महिनाभर नेपालीले नयाँ वर्ष मनाउने भएकाले एक महिनाको प्याकेज सार्वजनिक गरिएको पाण्डेले बताए ।
सिईओ पाण्डेका अनुसार चितवन, पोखरा र काठमाडौँ तीनै होटलमा दुइ रात तीन दिनको प्याकेज समेटिएको छ ।

काठमाडौँ र पोखरामा जोडीको १९,९९९ रूपैयाँ नेपाली रूपैयाँको प्याकेज रहेको छ भने चितवनमा प्रति १०५०० को प्याकेज सार्वजनिक गरिएको छ । पाण्डेका अनुसार पोखरा जाने पर्यटकले होटल ल्याण्डमार्कमा १९ हजार ९ सय ९९ रुपैयाँमा एक जोडीका लागि खाने बस्ने सुविधा उपलब्ध गराईएकोछ । त्यस्तै काठमाडौँमा पनि १९ हजार ९ सय ९९ रुपैयाँमा एक जोडीका लागि खाने बस्ने सुविधा उपलब्ध रहेको छ । चितवनमा भने एक जनाको १० हजार ५ सय रूपैयाँ एक जनको शुल्क लाग्नेछ । 

भिजिट नेपाल २०२० को तयारी तीव्र रूपमा चलिरहेको अवस्थामा पहिला देश अनिमात्र विदेश भन्ने नारा व्यवाहारमा उतार्नुपर्ने बताए । देशभित्रै पर्याप्त घुम्ने गन्तव्यहरू रहेको भन्दै पाण्डेले आन्तरिक पर्यटन प्रवर्द्धनमा सबैले सहयोग गर्नुपर्ने बताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।