logo

पहिलोपटक काठमाडौं–भेडेटार–इलामसम्म पर्यटक बस सेवा सुरु हुँदै

    2129   पटक पढिएको

१२ माघ/अर्थ र व्यापार– आगामी फागुनदेखि पहिलोपटक काठमाडौं–भेडेटार–इलामसम्म पर्यटक बस सेवा सुरु हुने भएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटक यातायात ब्यवसायी संघले पर्यटन बोर्डसँग मिलेर काठमाडौं–भेडेटार–इलामसम्म पर्यटक बस सेवा सुरु गर्न लागेको हो ।

नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग जोड्ने उद्देश्यका साथ पर्यटक बस सेवा सञ्चालन गर्न लागेको बताएको छ ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटकीय बससेवा मार्फत आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

यस्तै, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्माले यात्रु स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै फागुनको पहिलो साताबाट काठमाडौं देखि इलाम, धरान, पशुपतिनगर, भेडेटार लगायत गन्तब्यमा सेवा सुरु गर्न लागेको बताए ।

शर्माले भाडादर भने केही दिनभित्र मै सार्वजनिक गर्ने योजना रहेको बताए । उनले छिट्टै दार्जिलिङ तर्फको सेवा पनि सुरु गर्ने योजना बनाएको जानकारी दिए ।

काठमाडौं–भेडेटार–इलामसम्मको यस पर्यटक बस सेवामा २७ सिट क्षमताको पर्यटक बस प्रयोग गरिने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।