logo

तीन वटा विमानस्थलको काम सम्पन्न गर्नु प्रमुख प्राथमिकता : पर्यटनमन्त्री देव

    1525   पटक पढिएको

साउन १५/  अर्थ र व्यापार- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जितेन्द्र नारायण देवले पर्यटन मन्त्रालय अन्र्तगतका सम्पूर्ण निकायहरुलाई आगामी दुई महिना सम्मको कार्ययोजना तीन दिन भित्रमा आँफुलाई दिन निर्देशन दिएको वताएका छन् । त्यस्तै मन्त्री देवले आँफुले तीनवटा विमानस्थलहरु सम्पन्न गर्नुलाई प्रमुख प्राथमिकतामा राख्ने वताए । गौतमबुद्ध विमानस्थल,निजगढ विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सम्पन्न गर्नलाई विशेष ध्यान दिने वताए ।

राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज) संगको भेटमा मन्त्री देवले नेपाल पर्यटन वोर्डमा स्रोत र साधन प्रशस्तै भए पनि त्यो अनुसारको काम हुन नसकेको वताए । नागरिक उड्ड्यन प्राधिकरण र नेपाल पर्यटन वोर्डमा स्रोत साधन प्रशस्तै भएपनि कर्मचारीहरु विचको दलियकरणका कारण उपलब्धिमुलक काम हुन नसकेको उनले वताए ।

भेटमा मन्त्री देवले आँफु दुई महिना कार्ययोजना अनुसार काम भए नभएको वारेमा हेर्ने र त्यसपछि कर्मचारीहरुमा दण्ड र सजाँयको व्यवस्था गर्ने वताए । भेटमा नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा रहेका समस्याहरु वारे जानकारी गराउँदै तिनको समाधानमा मन्त्रीले ध्यान दिनुपर्ने सुझाव दिएका थिए । एक अर्को प्रसंगमा मन्त्री देवले आँफु नाटोजसंग सहकार्य गरेर काम गर्ने वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।