logo

चारदिने ‘जाऔँ है पोखरा' अभियान शुरु

    2049   पटक पढिएको


२४ मंसिर/अर्थ र व्यापार– पश्चिमाञ्चल होटल संघ पोखराले आज मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने ‘जाऔँ है पोखरा' अभियान शुरु गरेको छ ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटन मार्फत चलायमान बनाउने उद्येश्यले अभियानको शुरुआत गरिएको जानकारी दिए ।   

आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहेका तुलाचनले कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै अभियानको मुख्य उद्देश्य भएको बताए ।

अभियान अन्तर्गत जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने जनाइएको छ ।

संघले आज पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया गर्नेछ । संघले १८ वर्षदेखि यो अभियान शुरु गर्दै आएको छ ।

अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, सञ्चारकर्मी, नेपाल पर्यटन बोर्डका प्रतिनिधिलगाएतको सहभागिता रहनेछन् ।

कोरोना महामारीबीच पनि स्वास्थ्य सतर्कता अपनाउदै पर्यटन क्षेत्रलाई चलायमान बनाउनको निम्ति ‘जाऔँ है पोखरा' अभियानलाई निरन्तरता दिएको हो ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।