logo

रारामा तालमा आन्तरिक र विदेशी पर्यटकको घुईंचो

    1699   पटक पढिएको

 

कात्तिक १३ / अर्थ र व्यापार - मुगु । धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ ।


राराको सौन्दर्य पारखीहरुका लागि असोजदेखि मंसिर महिनासम्मको मौसम उत्तम हो । रारा पुग्ने आन्तरिक तथा बाहृय पर्यटकको संख्यामा वर्षै्पिच्छे बढ्दो क्रममा छ । रारामा पुग्ने आन्तरिक पर्यटकलाई हेर्दा लाग्छ भ्रमण चेतनामा नेपालीहरु माथि पुगिसकेछन् । गाडी, मोटराईकल र प्लेन चार्टर गरेर अहिले पर्यटकहरु रारा पुग्ने गरेका छन् ।

हिमाली राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकहरुलाई प्रबेश निशुल्क गरिएका कारण कति जना रारा घुम्न आए भन्ने एकिन डाटा नभएपनि होटेलबाट लिएको जानकारीको आधारका दैनिक करिब २ सयको हाराहारीमा स्वदेशी पर्यटकहरु रारा घुम्न आउने गरेको रारा राष्ट्रिय निकुञ्जका वार्डेन चन्द्र शेखर चौधरीले बताए । राराताल नजिकै रहेको डाँफे गेष्ट हाउस र भिलेज हेरिटेज एण्ड रिसोर्ट यतिबेला आन्तरिक र विदेशी पर्यटकले भरिभराउ छन् । होटलमा भएको कोठा अपुग भएपछि होटेलले बाहिर टेण्टको व्यवस्था गरेको छ । भिलेज हेरिटेज एण्ड रिसोर्टका म्यानेजर दीपक रावतले यहाँ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको बताए । उनले विदेशी पर्यटकहरु पहिला नै होटेल बुकिङ गरेर आउने गरेका कारण समस्या नभएपनि आन्तरिक पर्यटकहरु यहाँ आएपछि मात्रै होटल खोज्ने गरेका कारण उनिहरुलाई व्यवस्थान गर्न समस्या हुने गरेको बताए ।

रारा राष्ट्रिय निकुञ्जका रेञ्जर यज्ञराज रोकायाले अघिल्ला वर्षहरुमा आन्तरिक र विदेशी पर्यटक बाषिर्क दुईसय जनासम्म आउने गरेकोमा यो वर्ष दशै सकिएलगत्तै दैनिक एकसयदेखि दुईसयसम्म आन्तरिक र विदेशी पर्यटक आउने गरेको बताए । उनले अघिल्लो वर्ष विदेशी १ सय २४, सार्क मुलुकबाट ३ जना र करिब सय जना आन्तरिक पर्यटकहरु रारा घुम्न आएको बताए ।

साथीहरुले फेसबुकमा राराको तस्विर राखेर प्रचारप्रसार गरेका कारण यहाँ घुम्न आएको चितवनबाट गाडीमा आएका रामहरि खनालले बताए । उनले रारा पुग्ने बाटो अप्ठ्यारो भएपनि यहाँपुगेपछि भने स्वर्गको आनन्द महशुस भएको बताए । त्यस्तै साथीभाईहरुसँग मोटरसाईकलमा रारा घुम्न आएका कञ्चनपुरका राजेन्द्र पन्तले रारामा सोचेको भन्दा राम्रो व्यवस्थापन रहेको बताए । उनले मोटरसाईकलमा आउँदा केहि प्राविधक समस्याहरु आएपनि रारा पुगेपछि सबै विर्सेको बताए ।
रारा घुम्न चितवन वा कञ्चनपुरबाट मात्रै होईन पोखरा, काठमाडौं, नेपालगंज लगायत शहरबाट पनि थुप्रै पर्यटकहरु पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।