logo

तेह्रथुममा धमाधम खुल्न थाल्यो सुविधायुक्त होटल

    2888   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार-तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा पर्यटकलाई लक्षित गरी अत्याधुनिक सेवा सुविधासहितको साङ्ग्रिला रिसोर्ट सञ्चालनमा आएको छ । रिसोटमा प्राकृतिक मनोरम वातावरणमा खोलाको ताजा माछाको परिकार, स्थानीय उत्पादन र परम्परागत खाना, पौडी पोखरीलगायतका सुविधा रहेको छ । करिब एक करोडको लागतमा खुलेको रिसोर्टमा आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ। 


 स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटन विकासमा समेत टेवा पुर्याउने उदेश्यले रिसोर्ट सञ्चालन गरिएको  हो । यहाँ पुग्न सदरमुकाम म्याङलुङदेखि करिब आधा घन्टाको यात्रा तय गर्नुपर्छ। 


 म्याङलुङ नगरपालिका– ३ पिप्लेमा ‘डाउनहिल कटेज’ सञ्चालनमा आएको छ । कटेजमा लोकल कुखुरा, लोकल माछा, लोकल खसी, अग्र्या्निक तरकारी र स्वादिष्ट खाद्य परिकारले ग्राहकलाई तानिरहेको छ । स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्धनकै लागि व्यवसाय थालेको हो । ५० लाख रुपैयाँको लागतमा कटेज सञ्चालनमा आएको हो। 


 पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य नै बनेको अर्को रिसोर्ट हो लालीगुराँस नगरपालिका–९, लसुनेको ‘ब्लाक वाटर रिसोर्ट’। पहिलेदेखि नै कालापानी नामले परिचित उक्त ठाउँमा माछापालनसमेत गरिएको छ। ट्राउट माछाको स्वाद चाख्न र फार्म हेर्नकै लागि पनि यहाँ सयौँ आन्तरिक पर्यटक आउने गरेका छन् । 


 पछिल्लो समय जिल्लाको म्याङलुङ, वसन्तपुर, जिरिखिम्ती, शुक्रबारे र सक्रान्तिबजारलगायत क्षेत्रमा आकर्षक सुविधायुक्त होटल थपिएका छन्। 


सकारले नमुना सहर बनाउने घोषणा गरेसँगै वसन्तपुर बजारमा होटल व्यवसाय फष्टाउँदै गएको छ। दुई वर्ष यता वसन्तपुर बजारमा दर्जन बढी सुविधायुक्त होटल थपिएका छन्। अव्यवस्थित रुपमा सञ्चालनमा रहेका होटल पुनः व्यवस्थापन र स्तरोन्नति गर्ने क्रम बढेको छ। हालसालै मात्रै नयाँ भवन निर्माण गरेर पर्यटक लक्षित सुविधायुक्त सेवा थप गरी होटलको व्यवस्थापन गरेको हो ।


 पर्यटकीयस्थल तिनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्वारसमेत रहेको वसन्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भएकाले पनि होटल व्यवसायमा लगानी गर्न व्यवसायी आकर्षित भएका छन्। अहिले वसन्तपुर बजारमा मात्र साना ठूला गरी ५२ वटा होटल सञ्चालनमा छन्। ती होटलमा ५० लाख भन्दा बढीको लगानी रहेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।