logo

डेढ अर्ब लगानीमा पाँच तारे होटल मेची क्राउन सञ्चालनमा

    1973   पटक पढिएको


१५ असोज/अर्थ र व्यापार– कोरोना महामारीबीच झापाको धुलाबारीमा पाँच तारे होटल ‘होटल मेची क्राउन बाइ द पिक’ सञ्चालनमा आएको छ । 

पूर्वको प्रवेशद्वार र एउटा द्रुत विकासशील व्यापारीक केन्द्रको रूपमा रहेको झापास्थित धुलाबारीमा करिबडेढ अर्ब लगानीमा होटल सञ्चालन आएको हो।

पाँच तारे होटल ‘होटल मेची क्राउन बाइ द पिक’ भद्रपुर विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दुरीमा रहेको छ।  

भारतीय क्षेत्रमा यस प्रकारका होटल नभएकोले भारत, नेपाल र बंगलादेशका पर्यटकका लागि समेत रोजाई बन्ने विश्वास व्यवस्थापनको छ। 

होटल ८ बिघा जमिनमा फैलिएको छ । सो होटलमा भीआइपी आगमनका लागि आफ्नै निजी हेलीप्याडको समेत व्यवस्था छ भने ५ सयभन्दा बढी सवारी साधन पार्किङको सुविधा छ। 

होटलमा १०५ कोठामध्ये ५ मेचीसुइट्स रुम, १० वटा एगजुकेटिभ भिला रुम, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम उपलब्ध छन्।

विवाह, बैठक, सम्मेलन, सेमिनार आदीका लागि पनि सुबिधा सम्पन्न हलहरु तथा दुई वटा रेष्टुरेन्ट छन् ।
पाँच तारे होटल मेची क्राउनमा होटल तथा क्यासिनो पूर्ण रुपमा सञ्चालन भएपछि करिब ९ सय नेपालीले प्रत्यक्ष रोजगारी पाउनेछन्। 

प्रदेश १ मा तारे होटलको अभाव भएको समयमा यो होटल संचालन आएसँगै होटल तथा हस्पिटालिटि क्षेत्रमा एक कदम अग्रगामी कदम सुरु भएको होटलद्धारा जारी विज्ञप्तिमा उल्लृख छ । 
 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।