logo

डेढ अर्ब लगानीमा पाँच तारे होटल मेची क्राउन सञ्चालनमा

    2243   पटक पढिएको


१५ असोज/अर्थ र व्यापार– कोरोना महामारीबीच झापाको धुलाबारीमा पाँच तारे होटल ‘होटल मेची क्राउन बाइ द पिक’ सञ्चालनमा आएको छ । 

पूर्वको प्रवेशद्वार र एउटा द्रुत विकासशील व्यापारीक केन्द्रको रूपमा रहेको झापास्थित धुलाबारीमा करिबडेढ अर्ब लगानीमा होटल सञ्चालन आएको हो।

पाँच तारे होटल ‘होटल मेची क्राउन बाइ द पिक’ भद्रपुर विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दुरीमा रहेको छ।  

भारतीय क्षेत्रमा यस प्रकारका होटल नभएकोले भारत, नेपाल र बंगलादेशका पर्यटकका लागि समेत रोजाई बन्ने विश्वास व्यवस्थापनको छ। 

होटल ८ बिघा जमिनमा फैलिएको छ । सो होटलमा भीआइपी आगमनका लागि आफ्नै निजी हेलीप्याडको समेत व्यवस्था छ भने ५ सयभन्दा बढी सवारी साधन पार्किङको सुविधा छ। 

होटलमा १०५ कोठामध्ये ५ मेचीसुइट्स रुम, १० वटा एगजुकेटिभ भिला रुम, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम उपलब्ध छन्।

विवाह, बैठक, सम्मेलन, सेमिनार आदीका लागि पनि सुबिधा सम्पन्न हलहरु तथा दुई वटा रेष्टुरेन्ट छन् ।
पाँच तारे होटल मेची क्राउनमा होटल तथा क्यासिनो पूर्ण रुपमा सञ्चालन भएपछि करिब ९ सय नेपालीले प्रत्यक्ष रोजगारी पाउनेछन्। 

प्रदेश १ मा तारे होटलको अभाव भएको समयमा यो होटल संचालन आएसँगै होटल तथा हस्पिटालिटि क्षेत्रमा एक कदम अग्रगामी कदम सुरु भएको होटलद्धारा जारी विज्ञप्तिमा उल्लृख छ । 
 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।