logo

हेलिकोप्टरलाई सहज अनुमति दिदैं पर्यटनमन्त्री

    1682   पटक पढिएको


१८ साउन/अर्थ र व्यापार– रविन्द्र अधिकारी पर्यटन मन्त्रीमा नियुक्त भएसंगै दुईवटा हेलिकोप्टर कम्पनीले संचालन अनुमति पाएका छन् ।

केही दिनअघि मात्रै आरएस हेलिकोप्टरले संचालन अनुमति पाएको छ । स्रोतका अनुसार आरएस कम्पनीले तीनवटा हेलिकोप्टर ल्याउनेछ । काठमाडौं बाहिरबाट उडान भर्ने गरि आरएस कम्पनीलाई स्वीकृति दिइएको छ ।  कम्पनीका अध्यक्ष राजकुमार साउद हुन् । यसअघि मुस्ताङ हेलिकोप्टरले अनुमति पाएको थियो । 

स्रोतका अनुसार अन्य २ हेलिकोप्टर कम्पनी अन्नपूर्ण र स्काईलाइन हेलिकोप्टरले पनि संचालन अनुमतिका लागि आवेदन दिँदैछन् । कम्पनी रजिष्ट्रार कार्यालय स्रोतका अनुसार केही हेलिकोप्टर कम्पनी दर्ताका लागि आवेदन दिएका छन्। 

अहिले १० वटा हेलिकोप्टर कम्पनीको ३० वटा भन्दा बढी हेलिकोप्टर संचालनमा आएका छन् ।  

नयाँ कम्पनीले नियमित उडान भर्न न्यूनतम छ महिना लाग्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले इन्जिनियरिङ म्यानुअल, सेफ्टी म्यानुअल, अपरेटीङ म्यानुअल लगायतका विभिन्न चरणहरु पार गरिसकेपछि मात्र एओसी पाउँछ । 

हवाई क्षेत्रमा सहज रुपमा अनुमति दिदा यसले दीर्घकालिन रुपमा हवाई क्षेत्रलाई असर पार्ने भएकाले सञ्चालन अनुमती दिंदा सजग हुनुपर्ने हवाई विज्ञहरु बताउछन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।