logo

बजेट स्वागतयोग्य : हान

    1520   पटक पढिएको

१७ जेठ / अर्थ र व्यापार- होटल संघ नेपाल (हान) ले आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट आफ्ना केही मागहरु सम्बोधन गरेको भन्दै बजेट स्वागतयोग्य रहेको जनाएको जनाएको छ । सरकारले आइसोलेशन सेन्टरको रुपमा सञ्चालन गरिने होटलका लागि निर्धारण गरेको मापदण्ड बमोजिमको रकम उपलब्ध गराउने व्यवस्था सान्दर्भिक रहेको हानले बताएको छ ।

हानले होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरह सुविधा उपलब्ध गराउने तथा निषेधाज्ञा अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था सह्रानीय रहेको जनाएको छ । त्यस्तै, सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक तथा रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असार महिनाको योगदान रकम नेपाल सरकारले व्यहोर्ने बजेटबाट घोषणा भएकोमा यसले पनि पर्यटन क्षेत्रलाई केही राहत पुग्ने हानद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

यसैगरी सरकार तथा सरकारी निकायहरुका स्वामित्वमा  रहेका घर, गोदाम वा जग्गा भाडामा लिएर व्यवसाय गरेका व्यवसायीहरूले निषेधाज्ञा अवधिको भुक्तानी गर्नुपर्ने भाडामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्थाले पनि व्यवसायीलाई केही सहज भएको बताईएको छ । कोभिड– १९ बाट प्रभावित व्यवसायीका लागि पाँच प्रतिशत व्याजदरमा प्रदान गरिँदै आएको पुनर्कर्जा सुविधालाई निरन्तरता दिनुका साथै यो सुविधा उपयोग गर्न पाउने व्यवसायको क्षेत्र र रकमको सीमा विस्तार गरिने पनि बजेटमार्फत घोषणा गरिएको छ । यो पनि सराहनीय रहेको संघले जनाएको छ ।  

सरकारले बजेटमा उल्लेख गरेको आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बरावरको रकम सहित पर्यटन काज उपलव्ध गराउने र निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रोत्साहन गर्ने विषय पनि उत्साहजनक रहेको हानले जनाएको छ । त्यस्तै करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्याँसको खरिदमा तिरेको मूल्य अभिवृद्धि कर कट्टी गर्न पाउने व्यवस्थाका साथै होटलको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने व्यवस्थालाई पनि संघले प्रसंशा गरेको छ । 

बजेट मार्फत सरकारले पर्यटकीय भिषा निःशुल्क उपलब्ध गराउने निर्णयले विदेशी पर्यटक नेपाल भ्रमणमा आउन प्रेरित हुने संघको विश्वास छ । यद्यपि, हालको अवस्थामा पर्यटन तथा होटल उद्योग संवेदनशील क्षेत्र रहेकाले दूरगामी योजनाका साथ पुनरुत्थान कार्यक्रम कार्यान्वनमा ल्याउन आवश्यक रहेको संघले जनाएको छ ।   

नियमित मूल्यांकन, अनुगमन र विश्लेषणबाट नै नीति तथा कार्यक्रमरुको सफल कार्यान्वयन हुने हुँदा बजेटमा घोषणा गरिएका कार्यक्रहरुमा निजी क्षेत्रको समेत प्रतिनिधित्व हुन आवश्यक रहेको संघले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।