logo

पर्यटक आकर्षित गर्न खोटाङको हलेसीमा खुला संग्रहालय 

    1719   पटक पढिएको


१८ मङ्सिर / अर्थ र व्यापार - खोटाङ– सामान्यतः संग्रहयोग्य बस्तुलाई एउटा घरको कोठाभित्र सुरक्षितसाथ सजाएर संग्रहालय निर्माण गरिन्छ । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भज्ञने खुला आकाशमुनि खुला ठाउँमै संग्रहालय बनाउने तयारी थालिएको छ । पर्यटन प्रवद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिकाले घरको कोठाभित्र सजाएरनिर्माण गरिने संग्रहालयको सट्टा खुला आकाशमुनि ओपन म्यूजियम (खुला संग्रहालय) बनाउने तयारी थालेको हो ।

स्थानीय इतिहास र संस्कृतिको झल्को दिने प्रतिमाहरुलाई खुला चौंरमै राखेर पार्क वा सानो शहरकोशैलीमा खुला संग्रहालय बनाउने तयारी थालिएको मेयर इवन राईले बताए । पर्यटन प्रवद्र्धनको आधार तयार पार्नका लागि स्थानीय बुद्धिजिवीको अवधारणा अनुशार हालसम्मै अभ्यासमा नआएको खुला संग्रहालय निर्माण गर्ने तयारी थालेको हो । दुर्छिमस्थित रावाचुङगढी, होलेसुङगढी वा नगरपालिकाको अन्य ऐतिहासिकस्थलमा खुला संग्रहालय निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि नगरसभाले बजेट विनियोजन गरेको छ ।

नेपाल एकीकरणकाक्रममा पृथ्वीनारायण शाहले रावाचुङगढीका किराती राजालाई पराजय गरेर अघि बढेका आधारमा खुला संग्रहालयमा किराती राजा र पृथ्बीनारायणका सेनावीचमा युद्ध भएको दृश्या, साकेला नृत्य, बालन नृत्य, अधिया नाच, मारुनी, ख्याली, छोकडा, विभिन्न जातजातीको सामाजिक परम्परा, रहनसहन, भेषभुषा, गरगहना, ऐतिहासिक सामाग्री, धार्मिक तथा सांस्कृतिक 
सामग्री, भूगोल लगायतलाई प्रतिविम्बित गर्ने मुर्ती निर्माण गरेर खुला ठाउँमा राखिने छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्ष्यीत गरेर खुला संग्रहालयको परिकल्पना गरिएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत अनिल किरातीले बताए । ‘ठूलो घेराचैं हुन्छ तर संग्रहालयको भवन हुँदैन,’ निमित्त कार्यकारी अधिकृत किरातीले भने, ‘यस ठाउँको सामाजिक चित्रण गर्नेगरी खुला संग्रहालय बनाउन लागिएको हो ।’ खुला संग्रहालयमार्फत सो क्षेत्रको सामाजिक र ऐतिहासिक अध्ययन समेत गर्न मिल्ने जनाइएको छ ।
ईतिहास र संस्कृति सम्वन्धी मुर्ती वा प्रतिमाकाछेउमा सो विषयमा जानकारी दिने बोर्ड वा डिजिटल बोर्डमा जानकारीमुलक सामग्री पनि राखिने जनाइएको छ । ‘संग्रहालयमा सामुहिकरुपमा साकेला नाचिरहेका प्रतिमा निर्माण गरेर छेउमा साकेलामा विषयमा जानकारी दिने बोर्ड वा डिजिटल बोर्ड राखिने छ । बालन नृत्या गरिरहेको मुर्ती राखेर सो को छेउमा त्यसबारेमा जानकारी दिने सामग्री राखिने छ,’ निमित्त कार्यकारी अधिकृत किरातीले भने, ‘यही तरिकाले अन्य मुर्ती राखेर खुला संग्रहालय निर्माण गर्ने तयारी गरिएको हो । त्यसभित्र छिरेपछि स्थानीय इतिहास र संस्कृतिका विषयमा जानकारी हुन्छ ।’ हालसम्म संसारमा बन्द र लाईभ म्यूजियम मात्र प्रचलनमा रहेकामा नगरपालिकाको खुला म्यूजियम नयाँ अभ्यास हुन सक्ने मुन्धुम अध्यता एबं पत्रकार भोगीराज चामलीङले बताए । 
‘त्रम्यूजियोलोजीसँग बुझ्दा संसारमा बन्द घरभित्र राखिने म्यूजियम र अर्को लाईभ म्यूजियम प्राक्टिसमा रहेछ,’ दुर्छिम घर भएका राईले भने, ‘इतिहास र संस्कृतिलाई मुर्तीमा रुपान्तरण गरेर घरभित्र होईन घर बाहिर राखेर यो किसिमको संग्रहालय बनाउन सकिने रहेछ।’ मुर्तीबाट संस्कृति र इतिहासलाई देखाएर निर्माण गरिने म्यूजियम नयाँ प्राक्टिस हुने चामलीङले बताए ।

खुला संग्रहालयका लागि नगरपालिकाले सो सँग सम्वन्धित विज्ञलाई समेटेर अध्ययन समुह बनाउने जनाएको छ । यसका लागि स्थानीय संस्कार र संस्कृति जान्ने, स्थानीय इतिहासका जानकार, अवधारणा अनुशार डिजाइन गर्ने इन्जिनियर, भनेजस्तो मुर्ती वा प्रतिमा बनाउने मुर्तीकारको समुह बनाएर संग्रहालयको कामलाई अघि बढाइने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।