logo

पर्यटक आकर्षित गर्न खोटाङको हलेसीमा खुला संग्रहालय 

    1977   पटक पढिएको


१८ मङ्सिर / अर्थ र व्यापार - खोटाङ– सामान्यतः संग्रहयोग्य बस्तुलाई एउटा घरको कोठाभित्र सुरक्षितसाथ सजाएर संग्रहालय निर्माण गरिन्छ । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भज्ञने खुला आकाशमुनि खुला ठाउँमै संग्रहालय बनाउने तयारी थालिएको छ । पर्यटन प्रवद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिकाले घरको कोठाभित्र सजाएरनिर्माण गरिने संग्रहालयको सट्टा खुला आकाशमुनि ओपन म्यूजियम (खुला संग्रहालय) बनाउने तयारी थालेको हो ।

स्थानीय इतिहास र संस्कृतिको झल्को दिने प्रतिमाहरुलाई खुला चौंरमै राखेर पार्क वा सानो शहरकोशैलीमा खुला संग्रहालय बनाउने तयारी थालिएको मेयर इवन राईले बताए । पर्यटन प्रवद्र्धनको आधार तयार पार्नका लागि स्थानीय बुद्धिजिवीको अवधारणा अनुशार हालसम्मै अभ्यासमा नआएको खुला संग्रहालय निर्माण गर्ने तयारी थालेको हो । दुर्छिमस्थित रावाचुङगढी, होलेसुङगढी वा नगरपालिकाको अन्य ऐतिहासिकस्थलमा खुला संग्रहालय निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि नगरसभाले बजेट विनियोजन गरेको छ ।

नेपाल एकीकरणकाक्रममा पृथ्वीनारायण शाहले रावाचुङगढीका किराती राजालाई पराजय गरेर अघि बढेका आधारमा खुला संग्रहालयमा किराती राजा र पृथ्बीनारायणका सेनावीचमा युद्ध भएको दृश्या, साकेला नृत्य, बालन नृत्य, अधिया नाच, मारुनी, ख्याली, छोकडा, विभिन्न जातजातीको सामाजिक परम्परा, रहनसहन, भेषभुषा, गरगहना, ऐतिहासिक सामाग्री, धार्मिक तथा सांस्कृतिक 
सामग्री, भूगोल लगायतलाई प्रतिविम्बित गर्ने मुर्ती निर्माण गरेर खुला ठाउँमा राखिने छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्ष्यीत गरेर खुला संग्रहालयको परिकल्पना गरिएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत अनिल किरातीले बताए । ‘ठूलो घेराचैं हुन्छ तर संग्रहालयको भवन हुँदैन,’ निमित्त कार्यकारी अधिकृत किरातीले भने, ‘यस ठाउँको सामाजिक चित्रण गर्नेगरी खुला संग्रहालय बनाउन लागिएको हो ।’ खुला संग्रहालयमार्फत सो क्षेत्रको सामाजिक र ऐतिहासिक अध्ययन समेत गर्न मिल्ने जनाइएको छ ।
ईतिहास र संस्कृति सम्वन्धी मुर्ती वा प्रतिमाकाछेउमा सो विषयमा जानकारी दिने बोर्ड वा डिजिटल बोर्डमा जानकारीमुलक सामग्री पनि राखिने जनाइएको छ । ‘संग्रहालयमा सामुहिकरुपमा साकेला नाचिरहेका प्रतिमा निर्माण गरेर छेउमा साकेलामा विषयमा जानकारी दिने बोर्ड वा डिजिटल बोर्ड राखिने छ । बालन नृत्या गरिरहेको मुर्ती राखेर सो को छेउमा त्यसबारेमा जानकारी दिने सामग्री राखिने छ,’ निमित्त कार्यकारी अधिकृत किरातीले भने, ‘यही तरिकाले अन्य मुर्ती राखेर खुला संग्रहालय निर्माण गर्ने तयारी गरिएको हो । त्यसभित्र छिरेपछि स्थानीय इतिहास र संस्कृतिका विषयमा जानकारी हुन्छ ।’ हालसम्म संसारमा बन्द र लाईभ म्यूजियम मात्र प्रचलनमा रहेकामा नगरपालिकाको खुला म्यूजियम नयाँ अभ्यास हुन सक्ने मुन्धुम अध्यता एबं पत्रकार भोगीराज चामलीङले बताए । 
‘त्रम्यूजियोलोजीसँग बुझ्दा संसारमा बन्द घरभित्र राखिने म्यूजियम र अर्को लाईभ म्यूजियम प्राक्टिसमा रहेछ,’ दुर्छिम घर भएका राईले भने, ‘इतिहास र संस्कृतिलाई मुर्तीमा रुपान्तरण गरेर घरभित्र होईन घर बाहिर राखेर यो किसिमको संग्रहालय बनाउन सकिने रहेछ।’ मुर्तीबाट संस्कृति र इतिहासलाई देखाएर निर्माण गरिने म्यूजियम नयाँ प्राक्टिस हुने चामलीङले बताए ।

खुला संग्रहालयका लागि नगरपालिकाले सो सँग सम्वन्धित विज्ञलाई समेटेर अध्ययन समुह बनाउने जनाएको छ । यसका लागि स्थानीय संस्कार र संस्कृति जान्ने, स्थानीय इतिहासका जानकार, अवधारणा अनुशार डिजाइन गर्ने इन्जिनियर, भनेजस्तो मुर्ती वा प्रतिमा बनाउने मुर्तीकारको समुह बनाएर संग्रहालयको कामलाई अघि बढाइने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।