logo

हिमालयन ग्लासियरको ब्राण्ड एम्बेसडरमा कामिरिता शेर्पा नियुक्त,शेर्पाले अन्तर्राष्ट्रिय प्रवद्र्धनमा सहयोग गर्ने

    2321   पटक पढिएको

२३ श्रावण / अर्थ र व्यापार संवाददाता- हिमालयन ग्लासियर एड्भेञ्चर एण्ड ट्राभल कम्पनीले कम्पनीको प्रमुख एड्भेञ्चर कन्सल्टेन्ट तथा ब्राण्ड एम्बेसडरमा २४ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कामिरिता शेर्पालाई नियुक्त गरेको छ । बिहिवार आयोजित एक कार्यक्रममा हिमालयन ग्लासियरका अध्यक्ष सागर पाण्डे र आरोहि कामिरिता शेर्पाले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।


सम्झौतापश्चात कामिरताले आगामी दुई वर्ष सम्म हिमालयन ग्लासियरले सञ्चालन गर्ने सगरमाथा बेस क्याम्प, आईल्याण्ड पिक र किलिमन्जरोको साहसिक यात्राका सम्बन्धमा प्रमुख कन्सल्टेन्टको रुपमा भुमिका खेल्ने र अन्तर्राष्ट्रिय प्रवद्र्धनमा सहयोग गर्नेछन । सम्झौता कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष सागर पाण्डेले विश्वले चिनेको र सम्मान गर्ने कामिरिता शेर्पालाई कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त गर्न पाउनु कम्पनीका लागी गर्वको विषय भएको वताए । पाण्डेले पर्यटन क्षेत्र अव व्यवसायिक संस्कारका साथ अगाडी बढ्न नसकेमा नयाँ पुस्ता यो क्षेत्रमा आकर्षित हुन नसक्ने वताए ।


कार्यक्रममा बोल्दै शेर्पाले आँफुलाई विभिन्न विदेशी कम्पनीहरुवाट पनि प्रस्ताव आएको तर नेपालको कम्पनीमा नै काम गर्न र ब्राण्ड एम्बेसडर बन्न पाउनु खुशीको विषय भएको वताए । शेर्पाले गत मे महिनामा मात्रै २ पटक सगरमाथाको आरोहण गरेका थिए भने हालसम्म २४ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।