logo

नेपाल भ्रमण वर्ष र वर्तमान चुनौती

गोकर्ण सिंह थापा

    1729   पटक पढिएको

नेपालमा पर्यटन क्षेत्रको विकास गर्नुपर्छ र पर्यटन क्षेत्रकै माध्यमवाट समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने चर्चा हुन थालेको धेरै भयो  । तर चर्चा भएअनुरुप न त देशभित्र पर्यटक भित्र्याउनको लागी आवश्यक तयारी देखिन्छ न त अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचार–प्रसार नै सो अनुसार भएको देखिन्छ ।

राज्यले पर्यटनलाई महत्व दिने भनेर भनेपनि यो क्षेत्रमा युवाहरुको आकर्षण वढ्न सकेको छैन । जवसम्म यो क्षेत्रमा योग्य र क्षमतावान व्यक्तिहरुको प्रवेश हुँदैन, तवसम्म यो क्षेत्रले फड्को मार्न सक्दैन । 

नेपाल सरकारले सन २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको छ । नेपाल भित्र नेपाल भ्रमण वर्षको जसरी चर्चा छ, त्यो चर्चा र बहस देशवाहिर भएको भए नेपाल भ्रमण वर्ष सफल होला भन्ने अपेक्षा गर्न सकिन्थ्यो तर विदेशमा यसवारे कसैलाई जानकारी भएको देखिँदैन । त्यसैले नेपाल भ्रमण वर्ष सफल पार्न नेपाल सरकार,नेपाल पर्यटन वोर्ड, नेपाल भ्रमण वर्षको सचिवालय, निजी क्षेत्र,निजी क्षेत्रका व्यवसायिक संस्थाहरु तथा विदेशस्थित दुतावास र कुटनितिक क्षेत्र विच सहकार्य र समन्वय आवश्यक छ । 

नेपाल भ्रमण वर्ष सुरु हुनु अगावै केहि सुधारहरु गर्नु आवश्यक छ भने दिर्घकालीन गर्नुमा गुर्नुपर्ने केहि कामहरु छन । आज पनि हामो विमानस्थलका कर्मचारीहरुको व्यवहार उस्तै अशिष्ट छ, त्यसमा तुरुन्त परिवर्तन ल्याउनुपर्छ । सकेसम्म अनलाईन भिसा,लगेज व्यवस्थापनको समस्याको अन्त्य, दलालको अवरोधवाट मुक्ति तत्काल व्यवस्था गर्नु आवश्यक छ । सामान्य वाटोघाटोको व्यवस्थापनमा पनि ध्यान दिनु आवश्यक छ । नेपाल भ्रमण वर्षलाई नै लक्षित गरेर राजमार्गहरुको सुधार गर्नु आवश्यक छ ।

वर्षौंदेखि हामी काठमाडौं, पोखरा वा चितवनलाई मात्र देखाईरहेका छनैं । देशैभरी पर्यटकीय स्थलहरु विकास गर्नेतिर उचित ध्यान पुगेको छैन । अर्कोतिर नेपाल भ्रमण वर्षलाई लक्षित गरेर सेवा प्रदायकहरुले छुट वा अन्य विशेष योजनाहरु ल्याउन आवश्यक छ,जसले गर्दा पनि पर्यटकलाई आकर्षित गर्न सकियोस ।

सवैभन्दा महत्वपूर्ण पक्ष प्रचार–प्रसार नै हो । आजपनि नेपाल भन्दा नचिन्नेहरु विश्वमा प्रशस्तै छन । त्यसैले नेपाल भ्रमण वर्षका लागी अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसारलाई तिव्र पारिनुप¥यो । प्रविधिको प्रयोग र सामाजिक सञ्जालमा अझ प्रभावकारी उपस्थिति हुनुप¥यो । प्रचार–प्रसार गर्दा पनि बढि भन्दा बढि व्यक्तिलाई नेपाल वारे जानकारी दिन सक्ने उपायहरु अपनाउन आवश्यक छ ।
अन्तर्राष्ट्रिय विमानस्थल र ठूला पूर्वाधारको निर्माणमा तिव्रता दिनैपर्छ । त्यस्तै महत्वपूर्ण विषय हो–जनशक्ति । आजसम्म पनि नेपालमा उत्पादित जनशक्ति विदेशीईरहेको छ भने अर्कोतिर पर्यटन क्षेत्रका लागी योग्य जनशक्ति उत्पादन नै कम छ । अर्कोतिर नेपालमा उत्पादित जनशक्ति कतिपय अवस्थामा नेपालको पर्यटन क्षेत्रमा आवश्यक जनशक्ति संग तालमेल मिलिरहेको छैन ।
त्यसैले बहस वा छलफलमा मात्र पर्यटन क्षेत्र नेपालको विकासको प्रमुख आधार हो भनेर मात्र हुँदैन,त्यसका लागी आवश्यक पूर्वाधार र वातावरण निर्माणमा ध्यान दिनैपर्छ । अर्कोतिर कसरी नेपालमा स्तरीय पर्यटक भित्र्याउने र उनीलाई नेपालमा दिएको सेवा–सुविधालाई अझ परिस्किृत गर्ने भन्नेतिर पनि सोच्न आवश्यक छ । जसका कारण एउटै पर्यटक पनि दाहो¥याएर नेपाल आईरहोस ।

(थापा आलय होलिडेज प्रा.लि. का प्रबन्ध निर्देशक हुन ।)
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।