logo

गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टद्वारा बैशाखमा आन्तरिक पर्यटन मेला आयोजना गरिने

    1698   पटक पढिएको

२० फागुन /अर्थ र व्यापार - गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टीक टुरिजम मार्ट–२०१९’ आयोजना गर्ने भएको छ । आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा निजी क्षेत्रको तर्फबाट पहिलोपल्ट पर्यटनबारे देशव्यापी जनचेतना फैलाउने र आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको जानकारी दिइएको छ । बैशाख १३ र १४ गते हुने मेलामा पर्यटन सम्बद्ध २२५ व्यवसायिक संघ–संस्था तथा व्यापारिक स्टल रहने छन् ।

सरकारको २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनालाई सफल बनाउन मेला थप सहयोगी हुने आयोजक गन्तव्य ईभेन्ट म्यानेजमेन्टको भनाई छ । पहिले देश अनि बिदेश भन्ने नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा सहभागिहरुले सरकारको प्रयासमा निजी क्षेत्रको पहिलोपटक उत्साह जोडिएको भन्दै मेलाले पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले पर्यटन प्रवद्र्धन गर्ने कुरा कुनै एक व्यक्ति वा संस्थाको मात्र दायित्व नभई सबैको भएको र आफुले सक्दो सहयोग गर्ने बताए । वरिष्ठ पर्यटन व्यवसायी बिक्रम पाण्डेले दिगो समृद्धिको बाहक आन्तरीक पर्यटनले मात्र सम्भव हुने भएकाले यसमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दिपक महतले नेपाल ऐतिहासिक कालखण्डदेखी आन्तरीक पर्यटनको केन्द्र रहेको भन्दै विकसित समयमा यसको प्राबिधीक दायरा पनि फराकिलो हुँदै गएको बताए । आन्तरीक पर्यटक पर्यटनको चुरो भन्दै उनले पूर्वाधार बिना पनि आन्तरीक पर्यटन सुरुवात हुने र समयक्रममा पूर्वाधार अपरिहार्य हुने बताए । नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य पम्फा धमलाले यो पर्यटन क्षेत्रको लागि अत्यन्तै महत्वपुर्ण कार्यक्रम भएकाले हामी सबै मिलेर यसलाई सफल बनाउनुपर्ने बताईन । होमस्टे एसोसिएसन अफ नेपाल(होसान)का अध्यक्ष केशब बडालले मुलुकभरका ७७ ओटै जिल्लामा होमेस्टेको सञ्जाल रहेको बताउँदै मेला सफल बनाउन देशभरिबाट स्टल राख्ने र सक्रिय भएर लाग्ने बताए ।

गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारीले नेपाल भ्रमण बर्ष २०२० को भिजन सफल पार्नकै लागि आफुहरुले मेला आयोजना गरेको भन्दै सरोकारवालाहरु लाई समेटेर सँगै अगाडि बढ्ने बताए । २० लाख पर्यटक भित्राउने उद्देश्यलाई पुरा गर्न तथा पर्यटन बजारलाई चलायमान गराउन आफुले बिगतदेखी सहकार्य गरेको भन्दै अधिकारीले पर्यटनमा नयाँ आशा जगाउन आफु लागि परिरहने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।