logo

काठमाडौंका मुख्य ‘भित्री शहर’ मा चार पांग्रे सवारीलाई निषेध

    2048   पटक पढिएको

 

 

१९ पुस / अर्थ र व्यापार - काठमाडौंका मुख्य भित्री शहर (कोर सिटी एरिया) पनि चार पांग्रे सावारी निषेध गरिने भएको छ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गर्न लागिएको हो । भित्री शहर पर्ने वडाका वडाध्यक्षहरुले महत्वपूर्ण मानिएका क्षेत्रमा दुईपांग्रे सवारीलाई मात्रै प्रवेश दिने निर्णय गरेका हुन् ।

अब भोटाहिटी, असन, इन्द्रचोक, मच्छिन्द्रबाहल, भेडासिंह, नरदेवी, एट्खा, टेंगल, बाङ्गेमुढा, थहिटी, त्यौड, ताम्सीपाखा, किलागल, ज्वागल लगायतका क्षेत्रमा चारपांग्रे सवारी प्रवेश गर्न पाउँदैनन् । यसका लागि आजै वडा नम्बर १८, २४, १७, २५ लगायतका वडाध्यक्षहरु स्थलगत अवलोकनमा निस्कन लागेका छन् । २५ नम्बर वडाका अध्यक्ष निलकाजी शाक्यका अनुसार माघ २ गतेदेखि यी क्षेत्रहरुमा चार पांग्रे सवारीको प्रवेश रोकिनेछ ।

‘भित्री शहरका सडक साँघुरा छन् । यी साँघुरा शहरको आफ्नै जीवन्तता छ । त्यसैले यसलाई बचाउन यस्तो तयारी गरेका हौं,’ शाक्यले भने, ‘सडकमा हुने जामलाई घटाउने हाम्रो प्रयास हो ।’ वडानम्बर १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन पनि भित्री शहरका सम्पदा र जीवनशैलीलाई जोगाउन चारपांग्रे सवारी रोक्ने निर्णयमा पुगेका बताउँछन् । उनले अझै पनि ट्राफिक प्रहरीसँग छलफल भइरहेको भन्दै उचित किसिमबाट यसलाई कार्यान्वयन गर्ने बताए ।

निषेधित क्षेत्रभित्र घर भएकाहरुलाई सवारी साधन लैजान पाउने गरी विशेष पासको व्यवस्था गर्ने योजना छ । बेलुका ७ बजदेखि विहान ७ बजेसम्म भने सबै किसिमका सवा।रीलाई प्रवेश दिइने वडाध्यक्ष महर्जनले बताए ।

यसले वर्षौंदेखि कोर एरियामा व्यवसाय गरिरहेका स्थानीय बासिन्दालाई पनि लाभ मिल्ने अपेक्षा गरिएको छ । अहिले कोर एरियाहरुमा सवारीको चाप उच्च हुँदा विभिन्न समस्याहरु बढ्दै गएको छ । आकस्मिक सेवाका एम्बुलेन्स, शवबाहन, पानी ट्यांकर, दूध बोकेका सवारीलगायतलाई भने जुनसुकै समयमा यी क्षेत्रमा जान दिइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।