logo

काठमाडौंका मुख्य ‘भित्री शहर’ मा चार पांग्रे सवारीलाई निषेध

    2315   पटक पढिएको

 

 

१९ पुस / अर्थ र व्यापार - काठमाडौंका मुख्य भित्री शहर (कोर सिटी एरिया) पनि चार पांग्रे सावारी निषेध गरिने भएको छ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गर्न लागिएको हो । भित्री शहर पर्ने वडाका वडाध्यक्षहरुले महत्वपूर्ण मानिएका क्षेत्रमा दुईपांग्रे सवारीलाई मात्रै प्रवेश दिने निर्णय गरेका हुन् ।

अब भोटाहिटी, असन, इन्द्रचोक, मच्छिन्द्रबाहल, भेडासिंह, नरदेवी, एट्खा, टेंगल, बाङ्गेमुढा, थहिटी, त्यौड, ताम्सीपाखा, किलागल, ज्वागल लगायतका क्षेत्रमा चारपांग्रे सवारी प्रवेश गर्न पाउँदैनन् । यसका लागि आजै वडा नम्बर १८, २४, १७, २५ लगायतका वडाध्यक्षहरु स्थलगत अवलोकनमा निस्कन लागेका छन् । २५ नम्बर वडाका अध्यक्ष निलकाजी शाक्यका अनुसार माघ २ गतेदेखि यी क्षेत्रहरुमा चार पांग्रे सवारीको प्रवेश रोकिनेछ ।

‘भित्री शहरका सडक साँघुरा छन् । यी साँघुरा शहरको आफ्नै जीवन्तता छ । त्यसैले यसलाई बचाउन यस्तो तयारी गरेका हौं,’ शाक्यले भने, ‘सडकमा हुने जामलाई घटाउने हाम्रो प्रयास हो ।’ वडानम्बर १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन पनि भित्री शहरका सम्पदा र जीवनशैलीलाई जोगाउन चारपांग्रे सवारी रोक्ने निर्णयमा पुगेका बताउँछन् । उनले अझै पनि ट्राफिक प्रहरीसँग छलफल भइरहेको भन्दै उचित किसिमबाट यसलाई कार्यान्वयन गर्ने बताए ।

निषेधित क्षेत्रभित्र घर भएकाहरुलाई सवारी साधन लैजान पाउने गरी विशेष पासको व्यवस्था गर्ने योजना छ । बेलुका ७ बजदेखि विहान ७ बजेसम्म भने सबै किसिमका सवा।रीलाई प्रवेश दिइने वडाध्यक्ष महर्जनले बताए ।

यसले वर्षौंदेखि कोर एरियामा व्यवसाय गरिरहेका स्थानीय बासिन्दालाई पनि लाभ मिल्ने अपेक्षा गरिएको छ । अहिले कोर एरियाहरुमा सवारीको चाप उच्च हुँदा विभिन्न समस्याहरु बढ्दै गएको छ । आकस्मिक सेवाका एम्बुलेन्स, शवबाहन, पानी ट्यांकर, दूध बोकेका सवारीलगायतलाई भने जुनसुकै समयमा यी क्षेत्रमा जान दिइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।