logo

१० महिनामा नेपाल आउने पर्यटकको संख्या साढे ७ लाख, अघिल्लो वर्षको  तुलनामा एक तिहाइले बढी

    1294   पटक पढिएको

 

४ मंसिर / अर्थ र व्यापार  - पछिल्लो १० महिनामा नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७ लाख ५७ हजार ४ सय ४८ पुगेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा एक तिहाइले बढी हो । 

अध्यागमन विभागले जारी गरेको सन् २०१७ को पहिले १० महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या सात लाख नाघेको हो । सन् २०१६ को पूरै १२ महिनाको दाँजोमा चालु वर्षमा ४ हजार ४ सय बढी पर्यटक आएका हुन् । पर्यटन बोर्डले यस वर्ष १० लाख पर्यटक पुग्ने प्रक्षेपण गरेको छ । ‘यस वर्षको तथ्यांक अघिल्लो वर्षसँग विश्लेषण गर्दा ३० देखि ३५ प्रतिशतले विदेशी पर्यटक बढेको देखिन्छ,’ बोर्डका निर्देशक सुनील शर्माले भने, ‘यही अनुपातले पर्यटक आगमन रहयो भने अबको दुई महिनामा नेपाल आउने पर्यटकसहितको कुल संख्या सन् २०१७ मा १० लाख पुग्नेछ ।’ 

शर्माका अनुसार यो संख्या हालसम्मकै उच्च हुनेछ । अहिलेसम्म सबैभन्दा धेरै विदेशी पर्यटक सन् २०१२ मा आएका थिए । त्यस वर्ष ८ लाख ३ हजार ९२ विदेशी नेपाल घुम्न आएका थिए । यस वर्ष तारे र पर्यटक स्तरका होटलको अकुपेन्सी ९० प्रतिशत हाराहारी रहेको छ । पर्यटक बोक्ने अधिकांश विदेशी एयरलाइन्समा यो नोभेम्बर महिनाभर टिकट ‘सोल्ड आउट’ भइसकेका छन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी अहिले नेपालमा पर्यटकको संख्या बढ्नुमा पहिलो कारण भूकम्पलाई मान्छन् । ‘भूकम्पले नेपाललाई विश्वभर चिनायो,’ उनले भने । यसबाहेक पछिल्लोपटक सोसल मिडियाका कारण पनि नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको बोर्डले जनाएको छ ।

यस वर्षको पहिलो दस महिनामा हवाई मार्ग भएर सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल घुम्न आएका थिए । तथ्यांकअनुसार भारतबाट १ लाख ३३ हजार, दोस्रोमा चीनबाट ८३ हजार, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट ६५ हजार पर्यटक नेपाल आएका थिए । यी मुलुकपछि धेरै पर्यटक आउनेहरूमा क्रमशस् श्रीलंका, बेलायत, थाइल्यान्ड, म्यानमानर, कोरिया, अस्ट्रेलिया र जर्मनी छन् । सबैभन्दा धेरै पर्यटक अक्टोबरमा १ लाख १२ हजार र मार्चमा एक लाख ६ हजार आएका थिए । सन् २०१७ को पहिलो दस महिनामा नेपालमा हवाई बाटो भएर आउने १३ लाख ८१ हजार नेपालीसहित विदेशीको संख्या २१ लाख ३९ हजार पुगेको छ । नेपालीलाई अध्यागमन विभागले पर्यटकको सूचीमा राख्दैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।