logo

महासंघको केन्द्रिय सदस्यमा पर्यटन व्यवसायी थपलियाको उमेद्धवारी

    2220   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार– नेपाल उद्योग बाणिज्य महासंघको यही मंसिर ११ देखी १३ गते सम्म हुने निर्वाचनमा चन्द्र ढकाल समुहबाट पर्यटन व्यवसायी रामशरण थपलियाले पुनः दोस्रो कार्यकालका लागि एसोसिएट तर्फको केन्द्रिय सदस्यमा उमेद्धवारी दिएका छन् ।

ठमेल पर्यटन बिकास परिषद्को अध्यक्ष भएर काम गरिसकेका महासंघको निवर्तमान केन्द्रिय सदस्य थपलियाको देशको पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान रहदै आएको छ ।

निर्वाचन नजिकिदै गर्दा भावि नेतृत्वका आकांक्षीहरु बिशेषतः जिल्ला नगर, बस्तुगत र एसोसिएट गरी तीनै समुहका आकांक्षीहरु चुनाबी मैदानमा छन ।

महासंघमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति अर्को बर्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्था अनुसार भावी अध्यक्षका लागी बरिष्ठ उपाध्यक्षमा बस्तुगत समुहका चन्द्र ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदैछ । 

यसैबीच पर्यटन क्षेत्रबाट एकमात्र उमेद्धवारका रुपमा महासंघका निवर्तमान केन्द्रिय सदस्य रामशरण थपलियाले चन्द्र ढकाल समुहबाट दोस्रो कार्यकालका लागि पुनः केन्द्रिय सदस्यमा उमेद्धवारी दिएका हुन् । 

एसोसिएट तर्फको केन्द्रिय सदस्यमा उमेद्धवारी दिएका थपलियाले अघिल्लो कार्यकालमा पर्यटन क्षेत्र सुधारका लागी पूर्व मेची देखी महाकाली सम्मका नयाँ पर्यटकीय गन्तव्यहरुको उजागर गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै कोभिड १९ का कारण सुस्त बनेको पर्यटन उद्योगको बिकास र बिस्तार गर्नको लागी आफुले उमेद्धवारी दिएको बताए । 

थपलियाले व्यावसायीहरुलाई ऐक्यबद्ध गरेर लैजानको लागि पनि सही नेतृत्व चाहिने बताए । उनले व्यावसायिक हकहितका लागि, आपसी बैमनुष्यतालाई हटाएर अगाडि बढ्ने बातावरण तयार गर्नको लागी आफुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । 

थपलियाले पर्यटन क्षेत्रको बिकास, व्यावसायिक हकहित र व्यावसायको जर्गेनाको निम्ती हिजोका दिनमा खेलेको भुमिका कारण आफु विजयी हुनेमा बिस्वस्त भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।