logo

‘फेक रेस्क्यु’मा संलग्न कम्पनीहरु कारवाहीको प्रक्रियामाः मन्त्री अधिकारी

    2247   पटक पढिएको


२८ साउन/अर्थ र व्यापार– प्रतिनिधि सभाको आजको बैठकमा पर्यटन मन्त्रालयबाट गठित छानविन समितिले प्रतिवेदन बुझाइसकेको मन्त्री रविन्द्र अधिकारीले जानकारी गराएका छन् । 

पर्यटकहरुको फेक रेस्क्यु गरेर आर्थिक हिनामिना गरेको भन्दै पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले छानविन गरेको थियो ।

मन्त्री अधिकारीले प्रतिनिधि सभाको  बैठकमा आठवटा ट्राभल ट्रेकिङ् उद्धार कम्पनी, चारवटा अस्पतालहरु, तीनवटा हेलिकप्टर कम्पनीहलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको जानाकारी गराएका हुन् ।  

राजस्व चुहावट अन्तरगत पनि कारवाहीका लागि सिफारिस गरिएको मन्त्री अधिकारीले बताए । विदेशी मुद्राको कारोबार गर्न अनुमपति नलिएको देखिएको पाँच कम्पनी नाम नेपाल राष्ट्र बैंकलाई पठाइएको पनि उनले बताए ।

बैठकमा मन्त्री अधिकारीले अस्पतालहरुले मापदण्ड अनुसार उपचार शुल्क लिएको/नलिएको र चिकित्सकीय मर्यादा भित्र रही उपचार भएको÷नभएको विषयमा कारवाहीका लागि स्वास्थ्य जनसंख्या मन्त्रालयमा लेखि पठाइएको बताए ।

उद्धारमा संलग्नहरुको बारेमा नक्कली कागजात तयार पारी बीमा दावी गर्ने सम्बन्धमा छानविन गरी कारवाही गर्न गृह मन्त्रालयमा पत्राचार गरिएको बताए ।

छानविन समिति गठनपछि यस्ता क्रियाकलाप कमी भएको र आगामी दिनमा यस्तो कार्यलाई निरुत्साहित गर्न भदौ १५ भित्र निर्देशिका तयार पारिने मन्त्री अधिकारीले प्रतिनिधि सभामा जानकारी गराए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।