logo

वातावरणमन्त्री बस्नेत भन्छन–विद्यमान नियमकै कार्यान्वयन भएपनि सगरमाथा सफाई हुन्छ 

    1671   पटक पढिएको

श्रावण ८ / अर्थ र व्यापार- वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले सगरमाथाको सफाईको लागि नेपाल सरकारको विद्यमान ऐन, कानुन र नियमहरु मात्रैको पालना भए पनि सगरमाथामा देखिएको फोहोरको समस्या समाधान हुने बताएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को सफा सगरमाथा अभियान कार्यक्रममा बोल्दै उनले सरकारको नियममा प्रत्येक आरोहीले सगरमाथाबाट फर्कदा आठ केजी फोहर फिर्ता ल्याउनुपर्ने नियमको पालना भए÷नभएको अनुगमन मात्र गर्न सकेपनि धेरै सगरमाथा क्षेत्रमा रहेको फोहरको समस्या समाधान हुने बताए । 

मन्त्री बस्नेतले विश्वमा तापमानको वृद्धिका कारण नेपालका हिमालमा परेको वातावरणीय असरहरुबारे नेपालले अन्तर्राष्ट्रिय फोरममा प्रष्ट कुरा राख्न सक्नुपर्ने बताए । सरकारले ‘सुखी नेपाली, समृद्धि नेपाल’ को योजना अगाडि ल्याएको बताउँदै त्यसलाई साकार पार्न सरकारको पहलकदमी मात्र पर्याप्त नहुने भएकोले नागरिकहरु पनि जिम्मेवार बन्नुपर्ने उनले बताए । त्यस्तै पूर्वमन्त्री तथा सांसद टेकबहादुर बस्नेतले पर्वतीय पर्यटन विकास र विस्तारको लागि आफ्नो पार्टी गुरुयोजनासहित अघि बढिरहेको बताए । उनले छिट्टै नै पर्यटन व्यवसायीहरुसँग सहकार्य गरी सगरमाथा सरसफाई अभियानलाई सार्थकता दिने बताए ।

कार्यक्रममा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) का अध्यक्ष कमल सापकोटाले नेपाल गाउँ नै गाउँको देश भएको हुनाले ग्रामीण स्तरको जनताको आम्दानी बढाउन ग्रामिण पर्यटनको विकासमा ध्यान दिनुपर्ने बताए । सापकोटाले सगरमाथा क्षेत्रमा देखिएको फोहोरको सफाईको लागि सरकार, नीजि क्षेत्र र स्वंयम आरोहीहरु पनि लाग्नुपर्ने बताए । 

त्यस्तै नेपाल र्पतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले आफूहरुले विगत १० वर्ष अघिदेखि सगरमाथा सफाई अभियान चलाइरहेको बताए । त्यसैगरी नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य निमानुरु शेर्पाले विश्वभर प्रचार भएजस्तो सगरमाथा क्षेत्र त्यस्तो फोहोर भइनसकेको बताए । उनले विश्वभर सगरमाथा क्षेत्रमा फोहोर भएको भन्ने सन्देश जान नहुने बताए ।

त्यसैगरी नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले देशैभरी रहेका पर्यटकीय गन्तव्यहरुमा बढ्दै गएको अवैधानिक तथा विकृतिलाई आफूहरुले नजिकबाट नियालिरहेको बताउँदै त्यसको लागि राज्यको ढोका ढकढक्याइरहने बताए । कार्यक्रममा नाटोजकी केन्द्रीय कोषाध्यक्ष कल्पना महर्जनले सगरमाथा सरसफाई अभियानको सचित्र वर्णनसहित प्रस्तुतीकरण गरेकी थिइन् । 
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) का बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया,नेपाल योग एशोशियसनका उपाध्यक्ष अञ्जन थापा लगायत पर्यटन व्यवसायिहरुको उपस्थति रहेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।