logo

दोस्रो आन्तरिक पर्यटन मेला आउँदो फागुन ९ र १० मा हुने

    1443   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार- ‘पहिला देश अनि विदेश’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको दोस्रो डोमेस्टिक टुरिजम मार्ट आगामी फाल्गुन ९ र १० गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । मार्टको आयोजक संस्था गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले विहिबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधिहरुको प्रदर्शन गरिने छ । मेलामा सहभागिहरुले आफुले चाहेको वस्तु, पर्यटकीय जानकारी तथा अन्य सेवा लिन सक्नेछन् । देशका शीर्ष नेता, संघीय सरकारका मन्त्री, अन्य उच्च पदस्थ अधिकारी, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित विभिन्न राजनीतिक दलका नेता, सांसद, पर्यटन विज्ञ तथा व्यवसायीहरुको उपस्थितिमा उद्घाटन गरिने उक्त मेलामा लाखांै दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

मेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले नेपालको समग्र पर्यटन विकास र मुख्यत भ्रमण वर्ष २०२० लाई सफल पार्न यो मेला कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । निजी क्षेत्रबाट स्वतस्फुर्त रुपमा मुलुकको पर्यटन प्रवद्र्धनार्थ आयोजना गर्न लागिएको हुनाले यो मेला सफल पार्नका लागि यो वा त्यो बहाना नबनाइकन सबै एक ढिक्का भएर लाग्नुपर्नेमा उनले जोड दिए । त्यस्तै पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमलाले सरकारले गर्नुपर्ने काम गन्तव्य नेपालले अघि बढाएको भन्दै यसलाई सफल पार्नका लागि आफ्नो तर्फबाट सम्पूर्ण रुपमा लाग्ने प्रतिबद्धता जनाईन ।

पत्रकार सम्मेलनमा टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी, टानका पूर्व अध्यक्ष चन्द्र रिजाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)का पूर्व अध्यक्ष कमल सापकोटा, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का प्रथम उपाध्यक्ष अच्युत गुरागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी अविरलले देशभरी पर्यटनमैत्री वातावरण सिर्जना गरेर सरकारले अघि बढाएको भ्रमण वर्ष लगायतका पर्यटकीय अभियानलाई सफल पार्नका लागि मेला आयोजना गर्न लागिएको भन्दै यसको सफलताका लागि सबैबाट साथ र सहयोग मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रम संयोजक माधव प्रकाश सुवेदीले अघिल्लो वर्ष आयोजना गरिएको पहिलो डीटीएम सान्दार रुपमा सफल भएको र दोस्रो मेला अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।