logo

भिटोफ नेपालको रोपाई महोत्सव २०७५ सम्पन्न

    1846   पटक पढिएको

आषाढ १७/ अर्थ र व्यापार– गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा रोपाई महोत्सव २०७५ मनाएको छ । 
भिटोफ नेपालले असार १५ मा ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित लेले गाउँमा महोत्सव सम्पन्न गरेको हो । 
स्थानीय नेवारी पञ्चे बाजागाजासहित सञ्चालन गरिएको महोत्सवमा दहि चिउरा खानुका साथै सहभागिहरुबीच हिलो छ्यापेर असार १५ धान दिवसको शुभकामना आदानप्रदान गरिएको थियो । 

रोपाई महोत्सवमा विभिन्न पर्यटकीय संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटन पत्रकार गरी ७० जना र स्थानीयसहित साढे २ सय जनाको सहभागिता रहेको भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाकाले बताए ।

रोपाई महोत्सव उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले नेपाल कृषि प्रधान देश भएकाले रोपाई तथा असार १५ पर्यटन प्रडक्टको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । ग्रामिण पर्यटन प्रवद्र्धनमा भिटोफ नेपालले अघि बढाएको रोपाई महोत्सव तथा नयाँ गाउँ पर्यटन गन्तव्यको पहिचान गर्ने काम अत्यन्तै सह्रानीय रहेको बताए । 

भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले कृषि पर्यटन तथा चाँडपर्वलाई पर्यटन प्रवद्र्धन गर्ने माध्यामको रुपमा उपयोग गर्न सके सन् २०२० सम्म वार्षिक २० लाख पर्यटक भित्रयाउने लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पूर्ण कुँवर, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामरण थपलिया, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का उपाध्यक्ष जीवन थापामगर, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का बरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई,, नेपाल क्यानोनिङ एसोसिएशनका अध्यक्ष राजेन्द्र लामा नाटोजलगायत पर्यटन संबद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।