logo

सन् २०२० मा पर्यटक आगमन २ लाख ३० हजार मात्रै, २०२१ मा के होला ?

    2107   पटक पढिएको

१९ पुस/अर्थ र व्यापार– विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै नेपाल भित्रिएका छन् ।

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा अघिल्लो वर्षको तुलनामा गतवर्ष पर्यटन आगमन ८० प्रतिशतभन्दा धेरैले घटेको हो ।

सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा भने ११ लाख ७२ हजार ७२ थियो ।

सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्यका साथ सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपनि कोरोना महामारीका कारण भ्रमण वर्ष नै स्थगित गर्नुप¥यो ।

कोभिड महामारीकै कारण गत वर्ष ९ महीनाभन्दा बढी समय नेपालले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । जसको असर पर्यटक आगमन दरमा पनि देखियो ।

अध्यागमन विभागक तथ्यांकअनुसार २०२० मा सबैभन्दा बढी पर्यटक भारतबाट २५ हजार ३२० जनाले नेपाल भ्रमण गरेका छन् । यसपछि चीनबाट ९ हजार ८०८ जना, अमेरिकाबाट ९ हजार ६८२ जना, थाइल्यान्डबाट ९ हजार ५१८ जना र म्यान्मारबाट ९ हजार ४०० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । 
सन् २०२० मा हवाई मार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट १ लाख ८३ हजार १३० जना पर्यटक नेपाल आएका छन् भने स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका छन् । 

कोभिड–१९ को महामारी र बन्दाबन्दीका बीच कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लासहितको टोलीले ६ हजार ८१४ मीटर अग्लो आमादब्लम हिमाल आरोहण र बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले ८ हजार १६३ मीटरको मनास्लु हिमाल आरोहण गरेसंगै पर्यटन क्षेत्रमा थोरै आशा जागेको थियो । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले कोरोना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न अब आन्तरिक पर्यटनमा जोड दिनुपर्ने बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।