logo

माउन्टेन फ्लाइट सुरु गर्दै बुद्ध एयर, एउटा टिकट किन्दा अर्को फ्री

    2306   पटक पढिएको


१४ मंसिर/अर्थ र व्यापार– निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आठ महिनाको अन्तरालपछि माउन्टेन फ्लाइट सुरु गर्ने भएको छ।

आठ महिनापछि माउन्टेन फ्लाइट सुरु गर्न लागेको बुद्ध एयरले उडानको एउटा टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क पाइने अफर ल्याइएको छ ।

कम्पनीका प्रवक्ता रुपेश जोशीले आगामी शनिबार (डिसेम्बर ५) देखि माउन्टेन फ्लाइट सेवा पुनः सुरु गर्न लागेको जानकारी दिए ।

जोशीले लगभग पहिलाकै भाडादरमा (प्रति व्यक्ति) प्रत्येक शनिबार यो सेवा ल्याएको बताए । उनले शनिबार साप्ताहिक बिदा हुने भएकाले सुरक्षित रुपमा रिफ्रेस हुन चाहने र पर्वतीय उडान गर्न रुचाउनेहरूलाई मध्यनजर गर्दै योजना ल्याएको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बेस रहेर करिब एक घण्टाको यो उडानमार्फत यात्रुले सगरमाथा, मकालु, गौरीशंकर लगायतका विभिन्न हिमश्रृंखलाको दृश्यालोकन गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार माउन्टेन फ्लाइटका लागि ८ हजार ९ सय रुपैयाँ भाडादर कायम गरिएको छ । यो भाडादरमा ग्राहकले दुई वटा सिट (झ्याल सहित र झ्याल विनाको सिट) प्राप्त गर्न सक्नुेछन् ।

बन्दाबन्दी हुनु अघि कम्पनीले माउन्टेन फ्लाइटका लागि प्रति यात्रु १० हजार तीन सय रुपैयाँ लिँदै आएको थियो। यो अफरको योजना नेपाली नागरिकका लागि मात्रै लागू हुने कम्पनीले जनाएको छ।              

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।