logo

धार्मिक पर्यटन पूर्वाधार निर्माणका लागी विराटज्ञान महायज्ञ हुने

    2354   पटक पढिएको

२५ चैत्र / अर्थ र व्यापार- आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौंको पशुपतिक्षेत्रमा श्रीमद्भागवत विराटज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । चितवनको देवघाटमा ३० फिट अग्लो अष्टधातुद्वारा निर्मित शिवमुर्ति,पुजाकोठा,संग्रहालय,रमणीय उद्यान, स्नानघर,विश्रामघर निर्माण गरि विश्वसम्पदा सुचीमा सुचिकृत गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको हो ।

गत वर्ष युएस वंगला विमान दुर्घटनामा पुर्नजीवन प्राप्त गरेका वरिष्ठ पर्यटन व्यवसायी केशव पाण्डेको संयोजकत्वमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले महायज्ञको आयोजना गरेको हो । विशाल शिवमुर्तिको निर्माणपश्चात देवघाट तथा चितवन क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल वढ्ने र सो क्षेत्रको पर्यटन गतिविधि बढ्ने आयोजकको अपेक्षा छ । देवघाटधामलाई भारतको हरिद्वार क्षेत्र जत्तिकै पवित्र मानिन्छ ।

 महायज्ञ विश्वविख्यात कथावाचक पण्डित ईश्वर कृष्णजी महाराजको मुखारविन्दवाट हुनेछ । महायज्ञले पवित्रभुमि देवघाटधामको पर्यटन विकास तथा देवघाट क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणमा सहयोग पु¥याउने महायज्ञ तथा अध्यामिक पर्यटनका अभियन्ता राजन सिम्खडाले वताए । 

महायज्ञमा तीन करोड बेलपत्र अर्पण गर्ने,अष्टधातु तथा अन्य दानहरु पनि संकलन गर्ने कार्यक्रम रहेको छ । विश्वमा अध्यात्मिक चेतना बढ्दै गएको परिप्रक्ष्यमा हिमवत् खण्डको पुण्यभुमि नेपालमा धार्मिक तथा अध्यात्मिक पर्यटकिय पूर्वाधार निर्माणको अभियान स्वरुप यो अलौकिक अष्टधातुको मुर्ति निर्माण गर्न लागीएको सिम्खडाले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।