logo

धार्मिक पर्यटन पूर्वाधार निर्माणका लागी विराटज्ञान महायज्ञ हुने

    2621   पटक पढिएको

२५ चैत्र / अर्थ र व्यापार- आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौंको पशुपतिक्षेत्रमा श्रीमद्भागवत विराटज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । चितवनको देवघाटमा ३० फिट अग्लो अष्टधातुद्वारा निर्मित शिवमुर्ति,पुजाकोठा,संग्रहालय,रमणीय उद्यान, स्नानघर,विश्रामघर निर्माण गरि विश्वसम्पदा सुचीमा सुचिकृत गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको हो ।

गत वर्ष युएस वंगला विमान दुर्घटनामा पुर्नजीवन प्राप्त गरेका वरिष्ठ पर्यटन व्यवसायी केशव पाण्डेको संयोजकत्वमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले महायज्ञको आयोजना गरेको हो । विशाल शिवमुर्तिको निर्माणपश्चात देवघाट तथा चितवन क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल वढ्ने र सो क्षेत्रको पर्यटन गतिविधि बढ्ने आयोजकको अपेक्षा छ । देवघाटधामलाई भारतको हरिद्वार क्षेत्र जत्तिकै पवित्र मानिन्छ ।

 महायज्ञ विश्वविख्यात कथावाचक पण्डित ईश्वर कृष्णजी महाराजको मुखारविन्दवाट हुनेछ । महायज्ञले पवित्रभुमि देवघाटधामको पर्यटन विकास तथा देवघाट क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणमा सहयोग पु¥याउने महायज्ञ तथा अध्यामिक पर्यटनका अभियन्ता राजन सिम्खडाले वताए । 

महायज्ञमा तीन करोड बेलपत्र अर्पण गर्ने,अष्टधातु तथा अन्य दानहरु पनि संकलन गर्ने कार्यक्रम रहेको छ । विश्वमा अध्यात्मिक चेतना बढ्दै गएको परिप्रक्ष्यमा हिमवत् खण्डको पुण्यभुमि नेपालमा धार्मिक तथा अध्यात्मिक पर्यटकिय पूर्वाधार निर्माणको अभियान स्वरुप यो अलौकिक अष्टधातुको मुर्ति निर्माण गर्न लागीएको सिम्खडाले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।