logo

बिमस्टेक टुर अपरेटर्सहरुको बैठक नयाँ दिल्लिमा सम्पन्न

    1997   पटक पढिएको

२४ असार/अर्थ र व्यापार- बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रका पर्यटन व्यबसायीहरुको पहिलो बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

नेपालका तर्फबाट बैठकमा पाँच सदस्यीय प्रतिनिधिमण्डलले भाग लिएको थियो । प्रतिनिधिमण्डलको नेतृत्व पर्यटन बिभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले गरेका थिए भने विभागकी कानुन अधिकृत लक्ष्मी शाह लगायत नेपाल एसोसीएसन अफ टुर अपरेटर्सका अध्यक्ष अशोक पोखरेल, बुद्धिस्ट सर्किट्स डट कमका बिक्रम पाँडे र नटराज टुर्सका शिखर प्रसाई प्रतिनिधिमण्डलमा सहभागी थिए ।

बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरुको साझा टुर प्याकेज बनाउने, बिमानस्थलमा अतिथि सत्कार डेस्क राख्ने, बिमस्टेक टुर अपरेटर्स नेटवर्कको वेबसाइट बनाउने र क्षेत्रीय पर्यटन गतिबिधि बढाउन सदस्य राष्ट्रका नागरिकहरुलाई भिसा प्रक्रिया सरलीकृत गर्ने लगायतका बिषयहरुमा छलफल भएको बिभागका निमित्त निर्देशक ढकालले बताए । बिमस्टेक टुर अपरेटर्स नेटवर्कको अर्को बैठक श्रीलंकामा गर्न प्रस्ताब गरिएको छ । त्यसैगरि भारतले विद्युतीय भिसा भएका नागरिकहरुलाई स्थलमार्गबाट पनि दोहोरो प्रवेशको सुबिधा दिएको छ ।

“अब विद्युतीय भिसा लिई भारत भ्रमणमा रहेका बिदेशी पर्यटकहरुले नेपाल भ्रमण गरि भारत फर्कन पाउने र यो नयाँ सुविधाले हामीलाई भारतमा रहेका तेस्रो मुलुकका पर्यटकहरुलाई लुम्बिनी, चितवन, र पोखरा लगयातका शहरहरुमा भ्रमण गराउने मद्दत पुर्याउनेछ”–बुद्धिस्ट सर्किट्स डट कमका बिक्रम पाँडेले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।