logo

बिमस्टेक टुर अपरेटर्सहरुको बैठक नयाँ दिल्लिमा सम्पन्न

    2292   पटक पढिएको

२४ असार/अर्थ र व्यापार- बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रका पर्यटन व्यबसायीहरुको पहिलो बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

नेपालका तर्फबाट बैठकमा पाँच सदस्यीय प्रतिनिधिमण्डलले भाग लिएको थियो । प्रतिनिधिमण्डलको नेतृत्व पर्यटन बिभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले गरेका थिए भने विभागकी कानुन अधिकृत लक्ष्मी शाह लगायत नेपाल एसोसीएसन अफ टुर अपरेटर्सका अध्यक्ष अशोक पोखरेल, बुद्धिस्ट सर्किट्स डट कमका बिक्रम पाँडे र नटराज टुर्सका शिखर प्रसाई प्रतिनिधिमण्डलमा सहभागी थिए ।

बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरुको साझा टुर प्याकेज बनाउने, बिमानस्थलमा अतिथि सत्कार डेस्क राख्ने, बिमस्टेक टुर अपरेटर्स नेटवर्कको वेबसाइट बनाउने र क्षेत्रीय पर्यटन गतिबिधि बढाउन सदस्य राष्ट्रका नागरिकहरुलाई भिसा प्रक्रिया सरलीकृत गर्ने लगायतका बिषयहरुमा छलफल भएको बिभागका निमित्त निर्देशक ढकालले बताए । बिमस्टेक टुर अपरेटर्स नेटवर्कको अर्को बैठक श्रीलंकामा गर्न प्रस्ताब गरिएको छ । त्यसैगरि भारतले विद्युतीय भिसा भएका नागरिकहरुलाई स्थलमार्गबाट पनि दोहोरो प्रवेशको सुबिधा दिएको छ ।

“अब विद्युतीय भिसा लिई भारत भ्रमणमा रहेका बिदेशी पर्यटकहरुले नेपाल भ्रमण गरि भारत फर्कन पाउने र यो नयाँ सुविधाले हामीलाई भारतमा रहेका तेस्रो मुलुकका पर्यटकहरुलाई लुम्बिनी, चितवन, र पोखरा लगयातका शहरहरुमा भ्रमण गराउने मद्दत पुर्याउनेछ”–बुद्धिस्ट सर्किट्स डट कमका बिक्रम पाँडेले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।