logo

टान कोषाध्यक्षमा बासु लम्सालले उम्मेदवारी दिने, टानलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्य

    2919   पटक पढिएको

३ श्रावण / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोेशियसन अफ नेपाल (टान) को आगामी भदौ २० गते हुने निर्वाचनमा एड्भेञ्चर हिमालय सर्किट ट्रेक्स एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक बासु लम्सालले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने वताएका छन । यसअघि टानको कार्यसमिति सदस्य समेत रहिसकेका लम्साल होटल व्यवसायमा समेत आवद्ध छन । लम्साल विगत १६ वर्षदेखि पदयात्रा पर्यटन व्यवसायमा आवद्ध छन ।

“पछिल्ला वर्षहरुमा टान आर्थिक रुपमा संकटमा पर्दै गएको अवस्थामा टानलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी दिने सोच वनाएको हुँ”–लम्सालले भने । आँफुलाई अग्रज पर्यटन व्यवसायी र युवा पर्यटन व्यवसायीहरु सवैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिनका लागी सुझाव दिएको वताउँदै सवैको सल्लाहमा आँफु अगाडी बढेको लम्सालले वताए ।

टानमा आर्थिक पारदर्शिता कायम गर्ने, टिम्सको समस्या समाधान गर्ने र अन्य आर्थिक स्रोतहरुको खोजी गर्दै टानलाई आर्थिक रुपमा सबल बनाउने आफ्नो एजेण्डा रहेको लम्सालले वताए । त्यसवाहेक मजदुरहरुको समस्या समाधान गर्दै उनीहरुको हितलाई ध्यानमा राख्दै अगाडी बढ्ने समेत उनले वताए । यसअगाडी टानको कार्यसमितिमा रहँदा मजदुर विभागको संयोजक रहेका कारण पनि आँफुले उनीहरुको समस्या बुझेको र समाधानका लागी पहल गर्न सक्ने उनको धारणा छ ।

“टान पदयात्रा पर्यटन व्यवसायीहरुको साझा संस्था हो,यसको गरिमा हामी सदस्यहरुले नै वढाउने हो,  यदि म भन्दा योग्य,शिक्षित र अझ अग्रज व्यवसायी कोषाध्यक्ष पदमा आकांक्षी देखिए म उहाँलाई सहयोग गर्छु”–लम्सालले भने ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।